काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको यो फिल्म आगामी पुस १७ गते देखि प्रदर्शनमा आउने तयारीमा छ ।
सार्वजनिक पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकारहरू – प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायत फिचर्ड छन् ।
‘एक्लो’ का निर्देशक प्रदीप शाही हुन् । बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय शाहीको यो तेस्रो निर्देशन हो । उनी हलिउड स्तरको भिजुअल र प्राविधिक गुणस्तरमा फिल्म तयार गर्ने लक्ष्यसहित निर्माणमा जुटिरहेका छन् ।
हाल फिल्मको पोस्ट–प्रोडक्सन कार्य लण्डनमा तीव्र गतिमा भइरहेको निर्देशक शाहीले बताएका छन् । उनले ‘एक्लो’ को बेलायत र अमेरिकामा प्रिमियर गर्ने तयारी रहेको पनि जानकारी दिए ।
यस फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमालका साथै बेलायती अभिनेता जेमी बेकन को समेत आकर्षक संयोजन रहेको छ ।
एनआरएन समूह को लगानीमा बनेको यो फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । फिल्मको छायाङ्कन बाबु श्रेष्ठ ले गरेका छन् ।
News Filmy Newsportal / Nepal