पुष १० मा आउने फिल्म ‘मुगलान’ को नयाँ गीत ‘मेरो प्रियतम्’ रिलिज

काठमाडौं । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मुगलान’ को नयाँ गीत ‘मेरो प्रियतम्’ सार्वजनिक भएको छ । सोमबार रिलिज भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाल फिचर्ड छन् ।

रोमान्टिक शैलीको यो गीतमा प्रताप दास र बेनिशा पौडेल को स्वर रहेको छ । यसमा सिर्जना लम्साल को शब्द रचना, किरण भुसाल को संगीत अनि रिदम कँडेल को संगीत संयोजन रहेको छ । यसअघि ‘मुगलान’ मा समावेश अर्को गीत ‘पिन्टु पियारी’ पनि सार्वजनिक भएको थियो ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा प्रभात पाल र स्मारिका ढकालीसहित दिनेश डीसी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहेको छ ।

गोमन सिंह निर्माता रहेको यो फिल्मको वितरण आरआर फिल्मस् ले गर्नेछ भने डिजिटल राइट्स युएनए इन्टरटेन्टमेन्ट ले किनेको छ ।

Leave a Reply