शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट

काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डको बजारमा सोल्डआउट भएको छ । त्यहाँको मि.श्रेष्ठ प्रोप्राइट्री लिमिटेड तथा श्रेष्ठ फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीले प्रदर्शनका लागि फिल्म खरिद गरेको हो ।

कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठ का अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले मागअनुसार खरिद गरिएको हो । यसअघि अष्ट्रेलियामा गरिएको विशेष शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको भन्दै प्रशंसा गरेका थिए ।

निर्देशक शोभित बस्नेत यतिबेला फिल्मको प्रमोसन र त्यहाँका हलहरूमा रिलिजका लागि अष्ट्रेलियामा नै सक्रिय छन् ।

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यस फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर प्रमुख भूमिकामा छन् । साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल लगायतका वरिष्ठ कलाकारहरूलाई पनि देख्न सकिन्छ ।

प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित यो फिल्मको वितरण आर आर फिल्म्स ले गर्दैछ ।

Leave a Reply