ब्लकबस्टर निर्देशक सरोज पौडेलले गरे नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा

काठमाडौं । ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेल ले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन् । उनले २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमार्फत फिल्म निर्माणको घोषणा गरेका हुन् ।

पौडेलले केही महिनाअघि मात्रै आफ्नो लेखन तथा निर्देशन रहेको सामाजिक फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा ल्याएका थिए । जेनजीको आन्दोलनबाट प्रभावित भए पनि ‘कोशेढुङ्गा’ ले सामाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो ।

फिल्ममा कथा निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने ऐतिहासिक सिन्दुरे जात्रामा फिल्म आधारित छ वा अन्य कथा रहनेछ, यसबारे भने निर्देशक पौडेलले केही खुलाएका छैनन् ।

सारंगी फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । कलाकारबारे भने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए ।

आरआर फिल्मस् ले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।

ब्लकबस्टर निर्देशक पौडेलले यो नयाँ प्रोजेक्टबाट कस्तो सिर्जना ल्याउने हुन् भन्नेमा अब चासो बढ्ने निश्चित छ ।

Leave a Reply