काठमाडौं । यहि मंसिर १८ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले हिन्दी भर्सन हेर्ने दर्शक तथा भारतसहित ओभरसिज बजारलाई लक्षित गर्दै टिजर रिलिज गरेको हो ।
यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
सार्वजनिक टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरले प्रेम, सस्पेन्स, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयानलाई समेटेको छ।
सिनेमाको मुख्य पात्र कसरी अपहरणकारी बन्छ भन्ने सस्पेन्सको कथा फिल्मले भन्ने संकेत टिजरले गरेको छ ।
सुशान्त गौतम निर्देशित ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मको लेखन मुकेश खनाल ले गरेका हुन् ।
News Filmy Newsportal / Nepal