काठमाडौं । म्याग्दीको विभिन्न स्थानबाट दसैंअघि छायांकन सुरु गरिएको फिल्म ‘परालको आगो’ को छायांकन मंगलबार सकिएको छ । निर्माण टिमले छायांकन सकिएसँगै तीन फरक फरक लुक्सका तस्बिर र प्रदर्शन मिति बैशाख ११ गते बाट रिलिज हुने घोषणा गरेको छ ।
निर्माता सुशील पोखरेल ले अन्य ठूला फिल्म प्रदर्शन हुने समयमा नआई साधारण मितिमा फिल्म रिलिज गर्ने तयारी गरेको बताए । उनले एकैचोटी धेरै फिल्म हलमा आउँदा निर्माता तथा हल व्यवसायी दुबैलाई नोक्सानी हुने भन्दै ‘मेजर डेट’ छोडेर बैशाख ११ गतेको साधारण डेट लक गरेको बताए ।
गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित यो फिल्मको छायांकन सेड्युल ३० दिनको भए पनि जेनजी आन्दोलन, वर्षा र पहिरोका कारण १० दिन ढिला गरी ४० दिनमा सकिएको हो ।
निर्माता पोखरेलले भने, “अहिलेको समयमा कन्टेन्ट नै बलियो हुनुपर्छ । हाम्रो कन्टेन्ट नै बलियो छ र धेरै राम्रो सिनेमा बनाउने कोसिस गरेका छौँ ।” उनले कलाकार तथा टेक्निसियनको अहोरात्र खटाईले काम उम्दा भएकोमा ढुक्क रहेको बताए ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरूले भूमिकालाई सशक्त बनाउन काठमाडौंमा वर्कसप समेत गरेका थिए ।
निर्देशन तथा लेखन सुशील देवकोटा को लेखन रहेको फिल्मको निर्देशन लक्ष्मण सुनार ले गरेका छन् ।आर फिल्मस ले गर्दैछ भने ओएसआर ले महंगो रकममा ओटीटी राईट लिइसकेको छ ।
गुरुप्रसाद मैनाली को ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए ।
News Filmy Newsportal / Nepal