‘परान’को सफलता अष्ट्रेलियामा चौथो दिनमै ६२ हजार डलर कमाइ

काठमाडौं । यस वर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ ।

अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन अधिकार पाएको वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देव राज कार्कीका अनुसार , ‘परान’ ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अष्ट्रेलियन डलर कमाइ गरिसकेको छ ।

हाल ३० भन्दा बढी शोसहित प्रदर्शन भइरहेको यो फिल्म बलिउड र हलिउड फिल्महरूका बीचमा छैठौं स्थानमा पर्न सफल भएको निर्माता रन्जित आचार्य ले जानकारी दिए । आकलनअनुसार, यो साता पार गर्दा फिल्मले १ लाख अस्ट्रेलियन डलर को आम्दानी पार गर्नेछ ।

नेपालको बक्स अफिसमा पनि फिल्मको कमाइले कीर्तिमान बनाएको छ । कुल कमाइ कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मको कमाइ हालसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस नाघेको छ ।

रिलिजअघि उच्च व्यापार गर्न सक्ने फिल्मका रूपमा नहेरिए पनि यसले चौथो शनिबार पनि १ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो ।

दिपक प्रसाद आचार्य निर्देशीत ‘परान’ मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा रन्जित आचार्य र शेखर गोल्छाको लगानी छ ।

Leave a Reply