‘मन बिनको धन’ तेस्रो सातामा, विद्यालयहरूलाई सिनेमा हेर्न विशेष छुट दिइने

काठमाडौँ । बालगायक अशोक दर्जी को मुख्य भूमिका रहेको फिल्म ‘मन बिनको धन’ यति बेला देशैभरि तेस्रो सातामा प्रदर्शन भइरहेको छ । फिल्मले हालसम्म साढे तीन करोड को हाराहारीमा कलेक्सन गरिसकेको छ ।

कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित यो फिल्मले दर्शकको मन जित्दै गएको छ । फिल्म हेर्ने स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केका भिडियो सामाजिक सञ्जालमा भाइरल छन् ।

विद्यालयहरूलाई विशेष सहुलियत

फिल्मले गुरु र चेलाबीचको सम्बन्ध, पारिवारिक मूल्य र शिक्षाको महत्त्वलाई उजागर गरेको भन्दै निर्देशक टंक बुढाथोकी ले विद्यालयहरूलाई विशेष छुट दिने घोषणा गरेका छन् ।

शनिबार निर्देशक बुढाथोकीले फेसबुकमार्फत जानकारी दिँदै, भोलि (आइतबार) बाट फिल्म हेर्ने देशैभरिका विद्यालयलाई सकेसम्म सहयोग र छुट दिन निर्माण टिम तयार रहेको बताएका छन् । उनले सहयोगका लागि आफूलाई सिधै सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।

टंक बुढाथोकी को निर्माण तथा निर्देशन रहेको यो फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, बुद्धि तामाङ, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply