‘किन लाग्छ माया’ को फस्टलुक सार्वजनिक, चैत ६ मा नेपालसहित विश्वभर प्रदर्शन हुने

काठमाडौं । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गते बाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ ।
प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले फिल्मको पहिलो लुक सार्वजनिक गरेको हो ।

सार्वजनिक फस्टलुकमा मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापा लाई देख्न सकिन्छ ।
कुबेर तामाङ को निर्देशनमा तयार भएको यो फिल्ममा दाजुभाइबीचको मित्रता, एक–अर्काप्रतिको जिम्मेवारी, त्याग, र विवाहपछि श्रीमान–श्रीमतीबीच विकसित हुने प्रेमलाई प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा काम गर्दै आएका कलाकार सेडो रियल ले यो फिल्मबाट डेब्यु गर्दैछन् । फिल्मको कथा उनकै अवधारणामा आधारित छ ।

सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबी (पवित्रा साकी), हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सन्जीत भण्डारी र मोनु खड्का निर्माता रहेको यो फिल्मको पटकथा र संवाद रामकाजी घिमिरे ले तयार पारेका हुन् ।
फिल्ममा रामशरण उप्रेती को छायांकन र टेकेन्द्र शाह को सम्पादन रहेको छ ।

पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ ।

Leave a Reply