काठमाडौं । नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत ‘जी.टु.वान डिजिटल’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा अपुर्भ तामाङ्ग को आवाज र शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङ्ग ले भरेका छन् ।
‘जी.टु.वान डिजिटल’को प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा निर्मित यो मिनी सिरिजलाई जीवन स्वार र सुनिल गुरुङ्ग ले निर्देशन गरेका हुन् ।
सिरिजमा मलिका महतका अलावा लक्ष्य तामाङ्ग, अनुशा बायुङ्ग राई, सबी थापा, सुरेश राई लगायत कलाकारहरूको अभिनय रहेको छ ।
असीम शाह निर्माता रहेको सिरिजको कथा सुनिल गुरुङ्ग ले लेखेका हुन् । सिरिज हिमालय टेलिभिजन मार्फत प्रशारण गरिनेछ भने युट्युबमा ‘जी टु वान डिजिटल’ को अफिसियल च्यानलबाट पनि सार्वजनिक गरिनेछ ।
News Filmy Newsportal / Nepal