´अभिमन्यु : च्याप्टर–१’ को ‘मरौँ ज्यानले’ गीत सार्वजनिक

काठमाडौं । मंसिर १८ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ । निर्माण पक्षले आज (बिहीबार) प्रेममा छटपटिएको प्रेमीको भावना समेटिएको गीत सार्वजनिक गरेको हो ।

सुुशान्त गौतम को स्वर तथा संगीत रहेको गीतमा सुरेश बादल को शब्दरचना छ । गीतमा सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी र प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न नसकेको भाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा फिचर्ड छन् । फिल्मका फुटेज समावेश गरिएको भिडियोमा तराई–मधेशको परिवेश देख्न सकिन्छ ।

‘अभिमन्यु : च्याप्टर–१’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ लगायत मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको यस फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने लेखन मुकेश खनाल ले गरेका छन् । फिल्मका निर्माताहरू विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

Leave a Reply