´ पीआर’ को प्रदर्शनका लागि निर्देशक शोभित बस्नेत अष्ट्रेलिया  प्रस्थान

काठमाडौं । दश वर्षपछि फिल्म ‘पीआर’ निर्देशन गरेका निर्देशक शोभित बस्नेत फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि अष्ट्रेलिया र न्युजल्याण्ड उडेका छन् । उनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफू १० देखि १२ दिनको लागि विदेश प्रस्थान गर्न लागेको जानकारी दिए ।

निर्देशक बस्नेतले अष्ट्रेलियामा मात्र नभई न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत नै फिल्म प्रदर्शन गर्ने तयारी मिलाउन जान लागेको बताए । उनले जापानको प्रदर्शन अधिकार सोल्ड आउट भइसकेको र पोर्चुगल लगायत अन्य देशमा पनि प्रदर्शनका लागि तयारी भइरहेको जानकारी दिए ।

निर्देशक बस्नेतले ‘पीआर’ आफ्नै घरको कथा हेरेर तयार पारेको बताए । उनले छोरी अष्ट्रेलिया जाँदा र आफू पनि त्यहाँ पुगेर हेर्दा विदेशमा पैसा बोटमा नभई मेहनतले मात्रै हुने रहेछ भन्ने बुझेको र सोही कथालाई फिल्ममार्फत भन्न लागेको बताए ।

हालै सार्वजनिक भएको गीत ‘टाटा बाई बाई’ ले अत्यधिक लोकप्रियता पाइसकेकोले दर्शक फिल्म हेर्न उत्सुक रहेको उनको भनाई छ ।

यहि मंसिर २६ गते बाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रचारप्रसारका लागि उनी केही दिनमा नै नेपाल फर्कनेछन् ।

फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की लगायतका कलाकारको अभिनय रहेको छ । प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने वितरणको जिम्मा आर.आर. फिल्म्स ले लिएको छ ।

Leave a Reply