काठमाडौं । मोरङको पथरीशनिश्चरेकी २६ वर्षीया बिनिता कार्की नेपाली फिल्म उद्योगमा उदाउँदो प्रतिभाका रूपमा स्थापित हुने प्रयासमा छिन् । खोटाङमा जन्मिएकी बिनिताले बाल्यकालपछि मोरङमा बसोबास गर्दै त्यहीँबाट आफ्नो कलात्मक यात्रा अघि बढाएकी हुन् ।
उनले उच्च माध्यमिक तह ललितपुरको आईजे पायोनियर कलेजमा अध्ययन गरेपछि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगी सिड्नीबाट स्नातक पूरा गरेकी छन्।
५.७ फिट उचाइकी बिनिताले आकर्षक व्यक्तित्व र स्वाभाविक अभिनय क्षमताका साथ आफ्नो डेब्यु फिल्म ‘पीआर’ मार्फत फिल्म क्षेत्रमा प्रवेश गरेकी छिन् । यसले उनको अभिनय करियरलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ।
अनुशासित, लक्ष्यकेन्द्रित र मेहनती स्वभावकी बिनिता फुर्सदमा किनमेल, यात्रा र विभिन्न परिकारका खाना पकाउनमा रुचि राख्छिन् । उनी आधुनिक सोच र परम्परागत मूल्यबीच सन्तुलन राख्ने कलाकारका रूपमा चिनिन्छिन् ।
फिल्म र मोडेलिङ दुवै क्षेत्रमा आफूलाई निरन्तर उभ्याइरहेकी बिनिता कार्की नेपाली मनोरञ्जन उद्योगमा सम्भावनायुक्त प्रतिभाका रूपमा हेर्न सकिन्छ।
News Filmy Newsportal / Nepal