‘परान’ हेरेर हिमानी शाह भन्छिन्— ‘नेपालको यथार्थ भेटिने फिल्म’

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह ले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ‘परान’ हेरेकी छन् । सोमबार राती दरबार सिनेप्लेक्समा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै शाहले ‘परान’ मा नेपालको यथार्थ भेटिने बताएकी हुन् ।

उनले भनिन्, “अहिलेको अवस्थामा नेपालको यथार्थ यहि हो । नेपालीहरू विदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरूले नेपालको यथार्थ भेट्नुहुनेछ ।” शाह केही आफन्तका साथ हलमा पुगेकी थिइन् ।

११ करोड ग्रस कलेक्सन

फिल्म ‘परान’ तेस्रो सातामा पुग्दै गर्दा ११ करोड रुपैयाँभन्दा माथि को ग्रस कलेक्सन गरिसकेको छ । हलमा दर्शकको संख्या अझै उच्च रहेको वितरकले जनाएका छन् ।

दीपक प्रसाद आचार्य निर्देशित यो फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा रन्जित आचार्य र शेखर गोल्छाको लगानी छ ।

Leave a Reply