‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ गीत सार्वजनिक

काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म ‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ बोलको गीत रिलिज भएको छ । निर्माण टिमले फिल्मको पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतमा रमेश परियारको शब्द, सङ्गीत तथा संयोजन रहेको छ । गीतमा अभिनेता रमेश उप्रेती, दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामा लगायतका कलाकारहरूले अभिनय गरेका छन् । अधिकारी र लामाको गीतमा अतिथी भूमिका रहेको छ ।

पुस ४ गते मा रिलिज हुने तयारीमा रहेको यो फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेल ले डेब्यु गर्दैछन् ।

फिल्मका लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट लामो समयपछि नेपाल फर्किएका थिए । उप्रेतीसँगै फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय रहेको छ ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेको यस फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रा.लि. ले निर्माण गरेको हो ।

Leave a Reply