काठमाडौं । नेपाली फिल्म छायांकनमा महत्वपूर्ण पहिचान बनाएको Classic Cine Universe Pvt. Ltd ले आफ्नो संस्थागत योगदानका रूपमा प्रयोगरत PMW Sony EX3 क्यामेरा चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेको छ ।
संस्थाको २५ वर्षे सफल यात्राको प्रतीकस्वरूप यो क्यामेरा चलचित्र संग्रहालय (Film Museum) मा प्रदर्शित गर्नका लागि प्रदान गरिएको हो ।
यो क्यामेरा ‘दुलही’, ‘सोर्य’, ‘हाता लाग्यो शून्य’, ‘कसम’, ‘नमस्ते’ जस्ता दर्जनौँ चर्चित नेपाली फिल्मको छायांकनमा प्रयोग भएको थियो ।
प्रमुख फिल्महरू: ‘दुलही’ (राजेश हमाल, सुमिना घिमिरे), ‘सोर्य’ (राजेश हमाल, सौगात मल्ल) र ‘कसम’ (निखिल उप्रेती, सुमन सिंह) लगायत यो क्यामेराबाट छायांकन भएका हुन् ।
सन् २०५७ साल कार्तिकमा स्थापना भएको Classic Cine Universe को २५ वर्ष पूरा भएको अवसरमा सञ्चालक दिवेशकुमार महर्जन ले २०८२/०७/१२ गते चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लाई क्यामेरा औपचारिक रूपमा हस्तान्तरण गरे ।
चलचित्र विकास बोर्डले यस योगदानलाई नेपाली फिल्म इतिहास संरक्षण तथा संग्रहालय निर्माणको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
News Filmy Newsportal / Nepal