फिल्म ´ मुगलान ` को टिजर सार्वजनिक

काठमाडौं। रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को टिजर आइतबार युना डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको छ।

३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र गाउँमा साहुले गरेको अत्यचारबीचको संघर्षको कथालाई टिजरले देखाउँछ । ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ ।

आगामी पुष १० गते बाट प्रदर्शनमा आउन तयारीमा रहेको यो फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल को मुख्य भूमिका रहेको छ । उनीहरूसँगै दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

आशिष ढकाल को लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन् । फिल्ममा अजय रेग्मी को छायांकन (डिओपी), तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । फिल्मको वितरणको जिम्मा आर आर फिल्मस् ले लिएको छ ।

Leave a Reply