केदार घिमिरे (माग्ने बुढा) द्वारा चलचित्र पत्रकार कल्याणकारी कोषलाई २५ हजार सहयोग

काठमाडौं। चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

चलचित्र पत्रकार संघ नेपालले पत्रकारहरूको स्वास्थ्य उपचार र आकस्मिक समस्याका लागि यो कोष सञ्चालन गर्दै आएको छ । संघले चलाएको ‘कल्याणकारी कोष अभियान’ अन्तर्गत आइतबार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले आफूले पारिश्रमिकको केही अंश समाजसेवामा खर्च गर्ने गरेको बताउँदै भने, “पत्रकारहरू नै हाम्रो सिर्जनालाई दर्शकसमक्ष पुर्‍याउने माध्यम हुन्, उनीहरूको सहयोग हाम्रो दायित्व पनि हो।”

उच्च पारिश्रमिकका कलाकारका रूपमा परिचित घिमिरेले सामाजिक उत्तरदायित्वअनुसार समाजोपयोगी क्षेत्रमा योगदान दिन पाउनु गर्वको विषय भएको बताए ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी ले अभिनेता घिमिरेको योगदानप्रति आभार व्यक्त गर्दै यो सहयोगले कोषलाई थप मजबुत र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । संघले अहिलेसम्म करिब दुई दर्जन पत्रकारहरूको उपचारमा प्रत्यक्ष सहयोग गरेको जनाएको छ ।

Leave a Reply