मधेस केन्द्रित सामाजिक-राजनीतिक फिल्म ‘प्रतिवैरम’ को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक रोशन दास को निर्देशनमा निर्माण भएको मधेस केन्द्रित सामाजिक र राजनीतिक कथावस्तुमा आधारित फिल्म ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । निर्माण पक्षले फिल्मको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको जानकारी दिएको छ ।

फिल्मको पहिलो चरणको छायांकन १५ दिन सर्लाही मा र दोस्रो चरणको छायांकन ३० दिन सिराहा मा सम्पन्न गरिएको हो । फिल्मको छायांकन निर्देशक अफ फोटोग्राफी (DOP) ज्याक ले गरेका हुन् । हाल फिल्मको पोष्ट-प्रोडक्सनको काम सुरु भएको छ ।

निर्देशक दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र समस्यालाई यथार्थ ढंगले प्रस्तुत गर्ने उद्देश्यले यो फिल्म निर्माण गरिएको हो । फिल्मको कथा निर्देशक दास स्वयंको रहेको छ भने पटकथा युवराज भट्टराई ले लेखेका हुन् ।

फिल्ममा सम्राट दास, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, रामेश बुढाथोकी लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ ।

रेज इन्टरटेनमेन्टले निर्माण गरेको यो फिल्म २०८३ सालमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply