काठमाडौं । फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म आगामी माघ २३ गते बाट रिलिज हुनेछ ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । फस्टलुकमा नायिका आना शर्माको ‘रमी’ पात्रका विभिन्न लुक्स देख्न सकिन्छ ।
महिला केन्द्रित यो फिल्ममा आना शर्मासँगै नायकहरू धिरज मगर र विनय श्रेष्ठ लाई देख्न सकिन्छ । गायक समीर श्रेष्ठ ले यसै फिल्ममार्फत नायकको रूपमा पर्दामा डेब्यु गर्दैछन् ।
अभिनेत्री आना शर्माले चार वर्षअगाडि नै कथा सुनेको र कथावस्तु फरक लागेकाले आफू यो फिल्ममा जोडिएको बताइन् ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्मका निर्माता सागर लम्साल हुन् ।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ । शिशिर विशांखे को छायांकन (डीओपी), सुनिल सिवाकोटी को सम्पादन र कातिक बराल को कोरियोग्राफी रहेको छ ।
यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्ट ले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनी ले वितरण गर्नेछ ।
News Filmy Newsportal / Nepal