काठमाडौं । एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’ को ट्रेलर मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको यो फिल्मको ट्रेलर २ मिनेट ५१ सेकेण्ड लामो छ ।
ट्रेलरले एउटा परिवारमा छोराको विवाहपछि आउने उतारचढावलाई देखाएको छ । यसले गर्दा लामो समयपछि नेपाली फिल्ममा पारिवारिक कथाले स्थान पाउन थालेको संकेत मिलेको छ ।
मंसिर १२ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली फिल्ममा पारिवारिक कथाको ट्रेन्ड घट्दै गएकाले आफूले यो विधा रोजेको बताइन् । उनी दिवंगत निर्देशक शिव रेग्मी की भान्जी हुन् ।
न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्महरू पनि निर्माण गरेकी छन् ।
फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । यसमा खगेन्द्र, वर्षा, साइमन सहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिज को ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् ।
फिल्ममा आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन रहेको छ । फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ ।
News Filmy Newsportal / Nepal