काठमाडौँ। उपेन्द्र सुब्बाको पटकथा लेखन तथा निर्देशन रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म यसअघिको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो।
सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुमाथि संक्षिप्त प्रकाश पारेको छ। ट्रेलरमा दयाहाङ राई र मिरुना मगरले निर्वाह गरेका मुख्य पात्रहरूको प्रेमपूर्ण नोकझोंकलाई विशेष रुपमा चित्रण गरिएको छ।
रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माण तथा बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई र मिरुना मगरका साथै ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मलाई रमेश ढकाल र प्याट्रिक सुवेदीको सेभेन सिज इन्टरनेसनलले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ। ‘जारी २ : सङ अफ च्याब्रुङ’ आगामी कात्तिक २१ गतेबाट प्रदर्शन तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।
News Filmy Newsportal / Nepal