काठमाडौँ । निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ फिल्म ‘मन बिनाको धन’ को थिम पोस्टर सार्वजनिक गरेका छन् । ताजा सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ लगायत समावेश छन् ।
टंक बुढाथोकीको निर्माण र निर्देशनमा बनेको यो फिल्म सामाजिक विषयवस्तुमा आधारित छ । फिल्म को कथा बुढाथोकीले स्वयं लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारी ले तयार पारेका छन् ।
फिल्म को शीर्षक गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बाट चर्चामा आएका अशोक दर्जी ले यही फिल्म मार्फत अभिनयमा डेब्यु गर्दैछन् । टंक बुढाथोकीकै संगीतमा तयार भएको उक्त गीतले दर्जीको जीवनमा नयाँ मोड ल्याएको थियो ।
फिल्म मा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
‘मन बिनाको धन’ आगामी कात्तिक २१ गते बाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्म की निर्माता बिष्णुमाया मैनाली हुन् भने कार्यकारी निर्माता सपना शर्मा रहेकी छन् ।
फिल्म को संगीत निर्देशन टंक बुढाथोकीले गरेका छन् । सौरभ लामा ले छायांकन, कविराज गहतराज र रामजी लामिछाने ले कोरियोग्राफी, तथा मित्र डी. गुरुङ ले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्म को वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा गर्नेछन् ।