‘बलिदान’को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक

काठमाडौं। आगामी असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक भएको छ। सुजन चापागाँइको स्वर र संगीतमा तयार गरिएको गीतमा हर्क साउदले शब्द भरेका छन्। गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

आमाको माया र त्यागलाई समेटिएको यो गीतमा सन्तानप्रतिको आमा–समर्पण र छोराले आमाप्रति देखाएको प्रेमलाई प्रस्तुत गरिएको छ। लिरिकल भिडियोमा समीर भट्ट, ऋचा शर्मा लगायतका कलाकारलाई देखाइएको छ भने केही दृश्य एनिमेटेड ढंगमा पनि प्रस्तुत गरिएको छ।

सन्तोष सेनको निर्देशनमा बनेको ‘बलिदान’ मा दर्शनजीको लेखन, पवन ब्राडफोर्ड विष्टको लगानी र प्रेम पुरी कार्यकारी निर्माता रहेका छन्। फिल्ममा समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त वुढाथोकी, सन्तोष सेन र कविता रायलगायतका कलाकारको अभिनय छ।

Leave a Reply