‘अभिमन्यु च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक

काठमाडौँ । फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक भएको छ। टाइटल ट्रयाकमा र्‍यापर भियोमाले शब्द, संगीत र स्वर प्रदान गरेका छन्।

ट्रयाकले पैसाको प्रलोभनमा मान्छेको वास्तविक चरित्र, सम्बन्ध टुट्ने अवस्था र त्यसले जन्माउने तनावलाई प्रस्तुत गरेको छ। निर्माणपक्षका अनुसार, फिल्मले पैसाको चक्रव्यूहमा फसेको व्यक्तिको संघर्ष र त्यहाँबाट उम्किन खोज्ने प्रयासको कथा भन्छ। भिडियोमा भियोमा आफैं फिचर्ड छन् भने फिल्मका चल(अचल दृश्य पनि समावेश छन्।

फिल्म भदौ २७ मा रिलिज हुनेछ भने यसको हिन्दी भर्सन असोज ६ ९सेप्टेम्बर २२० मा वल्र्डवाइड रिलिज हुनेछ।

फिल्ममा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलाल लगायत कलाकारको अभिनय रहेको छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्देशन सुशान्त गौतमले गरेका छन्। मुकेश खनाल लेखनकर्ता हुन् भने मदन थापा क्रिएटिभ निर्देशक हुन्।

निर्माता हुन् विनोद पौडेल र गुञ्जन गिरी, सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ, कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ।

फिल्ममा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक र शरद महतो डिओपी रहेको छ ।

Leave a Reply