काठमाडौँ । भदौं २७ देखि प्रर्दशनमा आउने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नाच्न मन लाग्ने प्रकृतिको गीत सार्वजनिक भएको छ ।
भोजपुरी स्टाईलमा निर्माण भएको उक्त गीत पूर्ण रुपमा डान्सिङ नम्बरको छ जहाँ आधा भोजपुरी र आधा नेपाली शब्दहरुको संयोजन छ ।
भोजपुरीको मिजाज र नेपाली भाषाको स्वाद मिलेको यस गीतमा गायक प्रशान्त शिवाकोटी र गायिका प्रेरणा सिंहको स्वर, शब्द र संगीत छ भने संगीत संयोजन विषम आचार्यले गरेका छन्। मोडल जुना सुन्दासको डान्सलाई रोहन विश्वकर्माले कोरियोग्राफ गरेका छन्। हेर्नुस गीत
‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ भने यसको हिन्दी भर्सन पनि असोज ६ गते सेप्टेम्बर २२ देखि प्रर्दशन हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।
फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् । फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।
News Filmy Newsportal / Nepal