‘राम नाम सत्य’को शुभमुहुर्त

काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘राम नाम सत्य’को हिजो (विहीबार) शुभसाइत गरिएको छ। ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभसाइत गरिएको हो। फिल्मको छायांकन केही दिनमै काठमाडौंमा सुरु हुनेछ भने केही भाग चितवनमा खिचिनेछ।

माइकल चन्दको निर्देशनमा बन्ने यो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। नयाँ वर्षको छेको पारेर फिल्मलाई चैत्र २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको हो।

शुभसाइतसँगै नायक विराज भट्टको लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा उनी ‘एङ्ग्री अवतार’मा देखिएका छन्, जसमा उनको एक्सन छवि प्रष्ट झल्किएको छ।

फिल्ममा विराज भट्टसँगै सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका रहेको छ। उपेन्द्र सुब्बा र स्वेता विमली निर्माता हुन् भने किशोर भट्ट र डा. डीआर उपाध्याय कार्यकारी निर्माता हुन्।

माइकल चन्दकै कथा तथा पटकथा रहेको फिल्ममा संजय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत रहनेछ। विक्रम स्वाँर र सियोन श्रेष्ठले कोरियोग्राफी गर्नेछन्।

निरज ठकुरी क्रियटिभ निर्देशक, नविन जंग शाही कास्टिङ निर्देशक र मोती कार्की क्रियटिभ निर्माता हुन्। राजेन्द्र मोक्तानको कलर, विवेक बस्यालको पोस्टर फोटो र विजय बस्यालको पोस्टर डिजाइन रहनेछ।

राजेन्द्र आचार्य लाइन प्रोड्युसर, अभिमन्यु निरवी र समय थापा स्क्रिप्ट कन्सल्ट्यान्ट, विदुसी थापा प्रोडक्सन डिजाइनर, तेज विक्रम केसी प्रोडक्सन म्यानेजर र संझना राई मेकअप आर्टिस्ट हुन्।

बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गरेपछि निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको फिल्म बताएका छन्। उनी बोल्दा भावुक सुनिएका थिए। नायक विराज भट्टले ‘१२ गाउँ’पछि यो फिल्ममा काम गर्न लागेको जनाउँदै कथावस्तु पावरफूल रहेको बताए। सुशिल श्रेष्ठले पनि कथावस्तु उत्कृष्ट भएको सुनाउँदै सबैको साथको अपेक्षा व्यक्त गरे।

Leave a Reply