‘मिरमिरे’को ३५ दिनमा छायांकन पूरा

३५ दिनमा ‘मिरमिरे’को छायांकन पूरा, माघ १ मा प्रदर्शन

काठमाडौं । निर्देशक यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म ‘मिरमिरे’ को ३५ दिनमै छायांकन पूरा भएको छ। काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा छायांकन सम्पन्न भएको हो। अब केवल एउटा गीतको छायांकन बाँकी रहेको निर्देशक शेर्पाले बताए।

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

फिल्मको कथा र निर्देशन यम शेर्पाले गरेका हुन् भने छायांकन आलोक शुक्लाले गरेका छन्।  ‘मिरमिरे’ आउँदो माघ १ गते देशभर प्रदर्शनमा आउनेछ।

Leave a Reply