काठमाडौं । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि साइन गराइएको हो। तर, उनले निभाउने चरित्रबारे निर्माण पक्षले गोप्य राखेको छ।
यसअघि नै फिल्मका लागि अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मको छायांकन भदौबाट सुरु हुने निर्माण टिमले जनाएको छ। अन्य कलाकार तथा प्राविधिक टिमको विवरण पनि छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ।
फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। यसका लागि निर्माण पक्ष र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल तथा रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो।
‘आ बाट आमा’ आउँदो फागुन १५ गते देशभर प्रदर्शनमा आउने तय भएको छ