‘रिमै’को शिर्षक गीत सार्वजनिक

काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’को शिर्षक गीत बुधबार सार्वजनिक भएको छ। आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस फिल्मको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन्।

गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको छ भने स्वर रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ)ले दिएका छन्। गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ। लामो समयपछि दयाहाङ राई र रिश्मा गुरुङको जोडी पर्दामा देखिन लागेकोले दर्शकमा फिल्मप्रति उत्साह थपिएको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।

फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका छन्। वीरवल घले कार्यकारी निर्माता रहेका छन्। टिका गुरुङ, जित यात्री गुरुङ, दुन बहादुर घले निर्माता र बिनु गुरुङ, रोशन भट्टराई, राजेश घिमिरे सह–निर्माताको रूपमा छन्।

फिल्ममा संगीत दीपक शर्मा र थानेश्वर गौतम, मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई, प्रोडक्सन म्यानेजर बिष्णु मैनाली, र सम्पादन मित्र डि गुरुङले गरेका छन्।

Leave a Reply