काठमाडौं। चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ बुधबार बिहान युट्युबमा सार्वजनिक भएको छ।
यो गीत ‘पुतलीको भट्टी’ भाग २१ को रूपमा बजारमा आएको हो। तीज नजिकिँदै गर्दा हरेक वर्ष विष्णु माझीका गीतको प्रतिक्षा हुन्छ।
वर्ष २०८२ को तीज गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीले शब्द तथा संगीत दिएका छन्। भिडिओमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्। भिडिओमा ६० जना कोरस डान्सर पनि सहभागी छन्।
भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन शम्भु चालिसेले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन्।
विष्णु माझीको प्रत्येक तीज गीत दर्शकहरू माझ निकै लोकप्रिय हुने गरेको छ, र यस वर्षको गीतले पनि निकै चर्चा पाउने अनुमान गरिएको छ।