‘महाभोज’ अब एमएसएम भिडियोमा

काठमाडौं।  गत जेठ ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमार्फत रिलिज भएको छ। अब दर्शकले संसारभरबाट मोबाइल, टेलिभिजन वा कम्प्युटरमा घरमै बसेर हेर्न सक्नेछन्।

दिनेश राउतको निर्देशनमा बनेको यो सामाजिक–राजनीतिक ड्रामाले सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीको कथा बोल्छ। विकास सुवेदीको कथा तथा हिमाल कडरियाको निर्माणमा तयार भएको फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महतलगायतका कलाकारको अभिनय छ।

Leave a Reply