काठमाडौं । आगामी असोज ३ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी–२ : सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ।
दुई मिनेट ३४ सेकेन्डको टिजरको सुरुवात च्याब्रुङ नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट हुन्छ। लिम्बु समुदायको खुशीको स्वरका रूपमा च्याब्रुङलाई व्याख्या गर्दै टिजरले सांस्कृतिक पहिचान र समुदायकै कथामा आधारित फिल्म हुने संकेत गरेको छ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। साथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ।
हेर्नुस टिजर