‘सैयारा’ले १९ दिनमै गर्‍यो ३०४ करोडको कमाइ, ‘सुल्तान’को रेकर्ड तोड्दै

काठमाण्डौँ ।  भारतीय सिनेमामा नयाँ रेकर्ड बनाउँदै मोहित सूरीको निर्देशनमा बनेको फिल्म ‘सैयारा’ ले प्रदर्शनको १९ दिनमा ३०४.०६ करोड रुपैयाँको कमाइ गरेको छ।

अहान पाण्डे र अनीत पड्डा जस्ता नयाँ अनुहारको डेब्यू फिल्म भए तापनि, ‘सैयारा’ले बक्स अफिसमा चमत्कारिक प्रदर्शन गरेको छ। भारतमै मात्र नभई विदेशमा समेत यो फिल्मले दर्शकको मन जित्दै ५०० करोडको ग्लोबल कमाइ पार गरिसकेको छ।

फिल्मले २१ करोडबाट सुरुआत गर्दै पहिलो सातामै १७२.७५ करोड कमायो भने दोस्रो सातामा पनि १०० करोडभन्दा बढी आम्दानी गर्‍यो। तेस्रो साता सुरुआतसँगै फिल्मले सलमान खानको ‘सुल्तान’को रेकर्ड तोड्दै चार दिनमै ३०१ करोड कमाएको हो।

विदेशी बजारमा मात्रै पनि ‘सैयारा’ले १२९.२९ करोड कमाइसकेको छ, जुन नयाँ कलाकारको फिल्मका लागि अभूतपूर्व मानिएको छ।

डेब्यू स्टारका लागि यस्तो सफलता भारतीय फिल्म उद्योगमा दुर्लभ उपलब्धि मानिएको छ। ‘सैयारा’ अहिले पनि विभिन्न हलमा हाउसफुलको स्थितिमा प्रदर्शन भइरहेकाले यसको कमाइ अझै बढ्ने अनुमान गरिएको छ।

Leave a Reply