चार बर्षपछि अक्षय कुमारलाई मिल्यो सवै भन्दा राम्रो ओपनिङ : नेपालमा पनि २ करोडको व्यापार

काठमाण्डौँ । बलिउड अभिनेता अक्षय कुमारले चार बर्ष पश्चात बक्स अफिसमा राम्रो सफलता हात पारेका छन ।

गत शुक्रबार देखि प्रर्दशनमा आएको उनी सहितको मल्टीस्टारर फिल्म हाउसफुल ५ ले रिलिजको पहिलो दिन भारतमा २८ करोड र ओभरिसजमा १२ करोड कलेक्सन गर्दै विश्वव्यापी ४० करोडको सुखद ओपनिङ गरेको हो । चार बर्ष अघि सन् २०२१ मा प्रर्दशनमा आएको अक्षयको सूर्यवंशीले साढें ३९ करोड ओपनिङ गरेको थियो ।

क्लाईमेक्सको अन्तिम २० मिनेट फरक फरक तरिकाले बनाएर दुई संस्करण एकै पटक निकाल्दै भारतीय फिल्म नगरीमा नयाँ ईतिहास समेत बनाएको हाउसफुल ५ को ओपनिङ यस बर्ष रिलिज भएका छावा र सिकन्दर पश्चातको तेश्रो ठूलो ओपनिङ हो । यो फिल्मले नेपालमा पनि तीन दिनमा २ करोडको छेकोमा व्यापार गरिसकेको छ ।