काठमाण्डौँ । फिल्म ‘कल्ली’ को छायांकन हाल जुम्लामा धमाधम चलिरहेको छ, र सेटबाट अभिनेता अर्पण थापाको नयाँ लुक्स सार्वजनिक भएको छ। हालसम्म अर्पणको भूमिकाबारे कुनै पनि जानकारी नदिएको निर्माण पक्षले लुक्स भने रिलिज गरेको हो, जसले फिल्मप्रति केही नयाँ कौतूहलता बढाउन सक्छ ।
निर्माता किरण नेपालीका अनुसार फिल्मको छायांकन अब एक सातामा सकिनेछ। महेश दवाडीको लेखनमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्। अन्य निर्मातामा हिमाल कडरिया र अमलादेवी राई छन्। फिल्ममा अर्पणसँगै सौगात मल्ल, उत्तम प्रधान, नाजिर हुसेन, बेनिशा हमाल, वर्षा राउत, प्रियना आचार्य, रेयर राई, गीता अधिकारी, उपेश ढकाल लगायत कलाकारहरु प्रमुख भूमिकामा छन ।
निसाल पौडेलको छायांकन र लक्ष्मण सुनारको निर्देशनमा तयार हुँदै गरेको फिल्मको प्रदर्शन मिति भने अझै तय भएको छैन।

News Filmy Newsportal / Nepal