काठमाण्डौँ । २०८१ सकिन सात दिन मात्र बाँकी रहदा नेपालको फिल्म नगरी निकै चलायमान देखिएको छ । बर्षको अन्त्यमा फिल्मकर्मीहरु कोही मूहूर्तमा छन्, कोही सुटिङ सेटमा, कोही गीत सार्वजनिक कार्यक्रममा, त कोही फिल्म घोषणा र निर्माणको तयारीमा व्यस्त छन । नयाँ नयाँ फिल्मको तयारीसँगै कलाकारहरूको दौडधुप यति धेरै बढेको छ कि के भनौ स्वयम कलाकारहरुले समेत आफ्नै कार्यक्रमहरुमा सहभागिता जनाउँन सकिरहेका छैनन ।
जस्तो कि आइतबार साँझ कर्मा फिल्मका लागि दुर्गेश थापाले बनाएको प्रोमोश्नल गीत रिलिज कार्यक्रम थियो तर गीत रिलिजमा फिल्मकी मुख्य हिरोइन उपसना सिंह ठकुरी देखिईनन । उनी खुश्माको टिमले बनाउन सुरु गरेकेको नयाँ फिल्म जलाकीको सेटमा पुगिसकेकाले कार्यक्रमा देखिईनन ।
फिल्म रिलिजको समय कलाकारहरुले आफ्नो उपस्थिति अनिवार्य रूपमा सुनिश्चित गर्नु आवश्यक हुन्छ। यस्तो महत्वपूर्ण घडीमा कलाकारहरुले समय व्यवस्थापन गरेर पनि फिल्मको प्रवर्द्धनमा सक्रिय रहनु पर्छ। तर उपसना पोखरामा रहेको जलाकीको सेटमा पुग्नु पर्यो । यस बिषयमा कलाकारहरुले ध्यान दिन जुरुरी छ । फिल्म रिलिजको मुखमा अर्को फिल्मको सेटमा जानु विडम्बना हो । मुख्य बेला नभएका कलाकार अरुबेला के काम ? आजकाल कलाकारहरुको व्यस्तता बढेसँगै यस्तो प्रवृत्ति थुप्रै फिल्मको गतिविधिमा देखिने गरेका छन ।
यसैगरी आज संगीतकार सुरेश अधिकारीको टिमले बनाउँने फिल्म द महाविरको समेत निर्माण घोषणा भयो । दुई पस्ताका सुपरस्टहरुलाई लिदै फिल्म बनाउँने घोषणा सहित फिल्मको थिम पोष्टर समेत सार्वजनिक गरिएको छ ।
त्यस्तै चितवनका विभिन्न स्थानमा छायाँकन भईरहेको फिल्म हर्षको सुटिङ सकिएको खबर छ । खबरहरुको लिष्टमा चैत्र २९ देखि रिलिज हुन लागेको फिल्म पिताम्बरको पनि गीत रिलिज आजै भयो । विना प्रेस मिट सार्वजनिक भएको उक्त फिल्मको गीत लाई बाबुल गिरीले रोमान्टिक कलरमा बनाएका छन जहाँ सौगात मल्ल र सुरक्षा पन्त फिर्चड छन ।
यो खबरका बीच आजै महानायक राजेश हमालको फिल्म नरसिंहा अवतारको ओभरिसज विक्रि वितरणको खबर र जापान सोल्ड आउटको कुरा पनि छ जसलाई हामीले बुदागत रुपमा समेटेका छौँ ।
१ ) ‘जनै हराएको बाहुन’ शुभमुहूर्तपछि भोलिबाट छायांकन सुरु

फिल्म ‘जनै हराएको बाहुन’ को शुभमुहूर्त समारोह काठमाडौंको बूढानीलकण्ठ मन्दिर परिसरमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख कलाकारहरू मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी, र भोलाराज सापकोटाले मुहूर्त सट दिएका थिए। भोलिदेखि पनौती, पाल्पा र काठमाडौंमा छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ। फिल्मले गाउँबाट शहर आएका एक सरल व्यक्तिले भोग्ने जीवन–परिवर्तनकारी घटनाहरू तथा आमा–छोराबीचको भावनात्मक सम्बन्ध चित्रण गर्नेछ।
मुख्य कलाकार:
-
मिरुना मगर
-
सुशांक मैनाली
-
गौरव पहाडी
-
भोलाराज सापकोटा
-
विजय बराल
-
केकी अधिकारी
-
रियर राई
निर्देशक: हिमाल न्यौपाने (डेब्यु फिल्म)
असिस्टेन्ट निर्देशक: अभिनेता मनिष राउत
कथा, पटकथा, संवाद: भानुभक्त ढकाल
निर्माता: विमल न्यौपाने
कार्यकारी निर्माता: कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा, आरके मानन्धर
छायांकन: नवीन गुरुङ
संगीत: थानेश्वर गौतम, एस डि योगी
प्रोडक्सन म्यानेजर: लक्ष्मणराज पौडेल
निर्माण संस्था: पेपरक्लिप प्रालि
फिल्मको सेड्युल ४० दिनको रहेको छ।
२ ) दुर्गेश थापाको स्वरमा ‘कर्मा’को टाइटल गीत सार्वजनिक
फिल्म ‘कर्मा’ को टाइटल गीत ‘कर्मा’ सार्वजनिक भएको छ। गीतमा दुर्गेश थापाको स्वर, शब्द, संगीत र एरेन्ज स्वयं उनले गरेका छन्।
गीतको सार:
– असललाई असल, खराबलाई खराब व्यवहार गर्नुपर्छ
– जस्तो कर्म त्यस्तै फल भन्ने सन्देश
भिडियोमा देखिएका कलाकार:
-
विपीन कार्की
-
उपासना सिंह ठकुरी
-
मुकुन भुसाल
-
दुर्गेश थापा (स्वयं)
३ ) ‘पिताम्बर’ को नयाँ गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक
चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को नयाँ गीत सार्वजनिक भएको छ। गीतमा बाबुल गिरीको स्वर, संगीत, मिक्सिङ/मास्टरीङ रहेको छ। गीतका शब्द निर्देशक कृषा चौलागाईंले लेखेकी हुन्।
भिडियोमा अभिनय: सौगात मल्ल र सुरक्षा पन्त
लोकेशन: तराईको वातावरण समेटिएको
कोरियोग्राफी: कविराज गहतराज
निर्माण टिम:
-
निर्देशक: कृषा चौलागाईं
-
निर्माता: विशाल चौलागाईं
-
सह–निर्माता: पुरुषोत्तम प्रधान, आध्या लामिछाने
-
डीओपी: पुरुषोत्तम प्रधान
-
सम्पादन: बन्दे प्रसाद
-
द्वन्द्व निर्देशन: हिमाल केसी
-
कलाकार: प्रदीप खड्का, दयाहाङ राई, आर्यन सिग्देल, सुरक्षा पन्त, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, आदि
४ ) थिम पोस्टर सार्वजनिक गर्दै ‘द महावीर’ निर्माणको घोषणा

फिल्म ‘द महावीर’ को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ। रेड एन्ड डार्क टोन को पोस्टरले यो फिल्म युद्ध पृष्ठभूमिमा आधारित रहेको संकेत गर्छ।
पोस्टरमा दुई घोडसवार आमनेसामने भिडिरहेको र बीचमा रातो कपडाले बेरिएको तरवार देखिन्छ। स्लोगन ‘Rise, Fight, Conquer’ (उठ, लड, जित) ले फिल्मको उद्देश्य प्रस्ट पार्छ।
निर्देशक: जिबी आग्री
कथा लेखक: कृष्ण बिके र जिबी आग्री
प्रस्तुति: लक्षरा फिल्म्स
पूरा कास्ट, रिलिज मिति र छायांकन विवरण आउँदैछ।
५) खगेन्द्र लामिछाने र वर्षा राउतको ‘हर्ष’ ३५ औं दिनमा प्याकअप

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा रहेको फिल्म ‘हर्ष’ को छायांकन ३५ दिनमै सम्पन्न भएको छ। डेब्यु निर्देशक एकता पौडेल नेतृत्वमा बनेको यस पारिवारिक सामाजिक कथानक फिल्मको सम्पूर्ण छायांकन चितवनमा गरिएको हो।
निर्देशक पौडेलका अनुसार ४० दिनको सेड्युल तय गरिएको भए पनि निर्माण टिमको उत्साही प्रयासले निर्धारित समयभन्दा ५ दिन अगावै काम सकिएको हो। फिल्ममा ५ वटा गीतहरू समावेश छन्, जसको छायांकन पनि समयमा नै सम्पन्न गरिएको छ।
मुख्य कलाकारहरू:
-
खगेन्द्र लामिछाने
-
वर्षा राउत
-
सन्तोष पन्त
-
शर्मिला मल्ल
-
माओत्से गुरुङ
-
विशाल पहाडी
-
निमा पाण्डे
-
सुवर्ण थापा
-
श्रृष्टि महर्जन
-
संगीता नापित
निर्देशक पौडेलको परिचय:
-
दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी
-
न्यूयोर्क फिल्म एकेडेमीबाट सिनेमा मेकिङ अध्ययन
-
आमसञ्चारमा स्नातक
-
व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर
-
केही छोटा फिल्महरूको निर्माण अनुभव
प्राविधिक पक्ष:
-
छायांकन: आलोक शुक्ला
-
संगीत: वसन्त सापकोटा, एलिश कार्की
-
सम्पादन: लोकेश बज्राचार्य
-
कोरियोग्राफी: सुनिल क्षेत्री
निर्माण ब्यानर: ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन
निर्माता: प्रशन्न पौडेल, विकास पौडेल (चितवन)
कार्यकारी निर्माता: हिक्मत चोखल (चितवन)
फिल्मको प्रदर्शन मिति पोस्ट–प्रोडक्सन सकिएपछि घोषणा गरिनेछ।
६ ‘नरसिंहाः अवतार’ जापानमा विक्री, विदेशमा उच्च माग

महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को फस्टलुक सार्वजनिक भएसँगै फिल्मको विदेश माग उच्च छ। निर्देशक दिवाकर भट्टराईका अनुसार धेरै देशसँग वितरणको कुरा अगाडि बढेको छ।
जापान अधिकार UNA Entertainment ले खरिद गरिसकेको छ। जापानका दर्शकहरूबाट आएको चासोका कारण अधिकार किनेको उज्ज्वल गुरागाईंले बताए।
मुख्य कलाकारहरू:
-
राजेश हमाल
-
निर शाह
-
राज कटुवाल
-
प्रशान्त ताम्राकार
-
सरोज खनाल
-
नीति शाह
-
सनिषा भट्टराई
-
उषा खड्गी
- आशा पौडेल
-
दीपा शाही
निर्माण पक्ष:
-
लगानीकर्ता: दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जन
-
प्रदर्शन मिति: जेठ ९ गते
६० फिट लामो पोस्टरले पनि फिल्मको चर्चा थप उचाइमा पुर्याएको छ।
News Filmy Newsportal / Nepal