बैशाख र जेठमा ११ वटा फिल्म लाग्ने तर दुई ठाँउ अझै खाली

काठमाण्डौँ । २०८१ साल नेपाली फिल्म नगरीका लागि सुखद बर्ष रहेको अवस्थामा २०८२ साल के कस्तो रहला भन्ने जिज्ञासाहरु बढिरहेका छन । आगामी बर्ष फिल्म रिलिजको ग्याप सम्भवत कम देखिने अवस्था छ । हप्तै पिच्छे दुई भन्दा बढी फिल्महरु प्रर्दशन हुने स्थिती छ । यो बर्ष ६४ वटा फिल्म प्रर्दशन हुँदैछन । आगामी बर्षको रिलिजको संख्या ह्वात्तै बढ्ने देखिन्छ । दशै तिहार सम्ममानै रिलिजको संख्या करिब ५० नाघ्ने अवस्था छ ।

तसर्थ हामीले आगामी यो दुई महिना बैशाख र जेठमा रिलिज तय भएका फिल्मको लिष्ट निकालेका छौँ । जस अन्र्तगत दुई महिनामा ११ वटा फिल्म रिलिज हुँदैछन । यो संख्या अझै थपिन पनि सक्छ किन कि बैशाखको ५ गतेको शुक्रबार र जेठ २३ को शुक्रबारको डेट अझै खाली छ । बैशाख ५ को डेटमा नयाँ फिल्म लाग्ने सम्भावना निकै कम रहेतापनि जेठ २३ को डेटमा कुनै न कुनै फिल्म आउँने वातावरण अझै छ । यो ६२ दिनमा हरिबंश आचार्यको भूठान देखि सौगात मल्लको भाइरल गोर्खे सम्म प्रर्दशनमा आउँदैछन । बैशाख र जेठ महिना ३१ -३१ दिन भएका कारण दिनहरु लामा छन । 

बैशाख ५  बैशाखको पहिलो शुक्रबार कुनै पनि फिल्म छैनन । यो ठाउँ चाँहि खाली छ । यहाँ नयाँ बर्षको छेको चैत्र २९ मा रिलिज भएका दुई फिल्म पिताम्बरकर्मालाई प्रर्दशनमा सहजता देखिन्छ । बैशाख १२ मा हरिबंश आचार्यको शीर्ष भूमिका रहेको भूठान र सुरक्षा पन्तको खेल रिलिज हुनेछन । यो फिल्ममा दयाहाङ राईलाई पनि देख्न सकिन्छ ।

 

यसैगरी बैशाख १९ मा भने बर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म झिल्को रिलिज हुनेछ भने त्यसको अर्को हप्ता बैशाख २६ को शुक्रबार विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ऊनको स्वीटर सहित सौगात मल्ल र अनुप बिक्रम शाहीको जार प्रर्दशनमा आउँनेछ । त्यसैगरी जेठको पहिलो शुक्रबार जेठ २ मा प्रियंका कार्की र दिलिप रायमाझीको हेल्लो काँशीराम र मल्टीस्टारर आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी र उपसना सिंह ठकुरीको के घर के डेरा – घर नम्बर २ प्रर्दशनमा आउँनेछन । के घर के डेरा – घर नम्बर २ प्रर्दशनमा आउँनेछन । यसैगरी जेठको ९ मा ८ बर्षपछि महानायक राजेश हमालले पुनरागमन गरेको फिल्म नरसिंह अवतार र फेरी सौगात मल्लको जन्तेबाख्रो भन्ने फिल्म लाग्नेछ ।

 

जेठ १५ गणतन्त्र दिवसको अवसरमा पुनः मल्टीस्टारर आर्यन सिग्देल, दयाहाङ राई खगेन्द्र लामिछाने, अञ्जना बराईली लगायतका चर्चित कलाकारहरु अभिनित फिल्म महाभोज लाग्नेछ । यो फिल्म रिलिज पछिको हप्ता जेठ २३ मा अहिले सम्म कुनै पनि फिल्म छैनन । यहाँ अझै कुनै न कुनै फिल्म आउन सक्छन । यसैगरी जेठको ३० गते फेरी सौगात मल्लको फिल्म भईरल गोर्खे प्रर्दशन हुँदैछ ।

तसर्थ नयाँ बर्षको छेकोमा रिलिज हुने पिताम्बर सहित भाइरल गोर्खे सम्म आउँदा सौगात र दयाहाङको चार वटा फिल्म रिलिज हुँदैछन । विपिन कार्कीको दुई वटा । मिरुना मगरको दुई वटा । 

 बैशाख ५  : पहिलो शुक्रबार भने खाली छ

बैशाख १२ :  भूठान र  खेल

बैशाख १९ : झिल्को 

बैशाखको २६ :  उनको स्वीटर र जार

जेठ २ : हेल्लो काशिराम र के घर के डेरा – घर नम्बर २

जेठ ९ :  नरसिंहा अवतार र जन्तेबाख्रो

जेठ १५ गणतन्त्र दिवसका दिन : महाभोज 

जेठ २३: यो डेटमा पनि हाल सम्म कुनै पनि फिल्मले बुक गरेका छैनन । 

जेठ ३० : भाईरल गोर्खे