काठमाण्डौँ । यस वर्षको सफल फिल्म ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको टिमले नयाँ फिल्मको निर्माण आरम्भ गरेको छ । शुक्रबार फिल्मको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै यूनिट छायाँकनका लागि फ्लोरमा समेत निस्किएको छ । फिल्मको टाइटल ‘जलाकी राखिएको छ ।
‘जलाकी’ शब्द मगर समुदायमा स्मृति र मायाको प्रतीक मानिन्छ। यो ढुंगाले बनाइएको एउटा विशेष स्तम्भ हो, जसलाई खासगरी कुनै प्रिय व्यक्तिको सम्झनामा राखिने गरिन्छ। यो स्तम्भ मगर समुदायको आस्थाको प्रतीक पनि हो, जसले सांस्कृतिक र भावनात्मक महत्व बोकेको हुन्छ।
निर्देशक अशोक थापा मगरका अनुसार, फिल्मको छायांकन तीन चरणमा गरिनेछ। रुकुम, म्याग्दी, बागलुङ, पोखराका विभिन्न स्थान सहित दक्षिण कोरियामा समेत छायांकन हुनेछ। फिल्मले मगर र गुरुङ समुदायको संस्कृति झल्काउने बताइएको छ।

पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको छायांकन शुक्रबार बागलुङको कालिका भगवती मन्दिरबाट सुरु गरिएको हो।। त्रिकोणात्मक प्रेम कथामा आधारित यस फिल्ममा सोनाम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी प्रमुख भूमिकामा छन्। गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’बाट चर्चामा आएकी मोडल आकृति राजभण्डारीको यो डेब्यु फिल्म हुनेछ ।
एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। फिल्ममा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहनेछ भने अन्य केही कलाकारको छनोट प्रक्रिया जारी रहेको निर्माण टिमले जनाएको छ।
य
‘
News Filmy Newsportal / Nepal