कर्माको ट्रेलरललाई युट्युबमा कमजोर भ्यूज किन ?

काठमाण्डौँ । हुन त युट्युब भ्यूज मात्र हैन सफलताको मापदण्ड । कहिले काही राम्रो कन्टेन्टको पर्याप्त प्रचारवाजी र प्रेजेन्टेशन कमजोर हुँदा यस्तो नतिजा पनि आउन सक्छ । यो प्रसंग हामीले चैत्र २९ गते देखि रिलिज हुन लागेको फिल्म कर्माको बारेमा गर्दैछौँ जुन फिल्म बर्षको अन्त्यमा रिलिज हुँदैछ ।

यो आर्टिकल तयार गरुन्जेल सम्म फिल्मको ट्रेलर रिलिज भएको करिब १९ घण्टा हुन लाग्यो तर युट्युबमा भ्यूज बल्ल एक लाख नाघेको छ । प्रत्येक हप्ता आउँने चर्चित फिल्मी कार्यक्रम रजतपट प्रसारणको ३ घण्टा अघि रिलिज भएको कर्माको ट्रेलरको भ्यूज रजतपटको नयाँ एपिसोडको भ्यूज भन्दा कमजोर छ ।

९२ लाख सब्सक्राईबर भएको ओ.एस.आर मुभिजको युट्युब च्यानलमा कर्माको ट्रेलरको भ्यूज बल्ल १ लाख १ हजार नाघेको छ भने साढे सात लाखको हाराहारीमा मात्र सब्सक्राईबर रहेको रतजपटको च्यानलमा १५ घण्टा अघि प्रसारण भएको नयाँ एसिपोडमा १  लाख कटेर कर्माको भ्यूजलाई नाघ्ने अवस्था छ ।  ठूला फिल्मका अगाडी हप्तै पिच्छे आउँने एउटा रेगुलर फिल्मी कार्यक्रमको भ्यूज चाँहि माथि तर चर्चामा रहेको फिल्मको ट्रेलरको भ्यूज चाँहि यति कमजोर किन भन्ने प्रसंग सहित हामीले यो कुरा उल्लेख गरेका हौँ । 

जव कि यो फिल्मका लोकप्रिय कलाकार विपिन कार्की सहित उपसना सिंह ठकुरी मात्र हैन ४४ लाख सब्सक्राईबर भएको रुटिन अफ नेपाल बन्दको फेसबुक पेज देखि सयौ मिडियाले कर्माको ट्रेलरको लिंक हिजै देखि शेयर गर्दै आएका थिए । तसर्थ सोसल मिडियामा भईरहेको कर्माको ट्रेलरको शेयरिङको तुलनामा युट्युबमा भ्यूज किन कमजोर आयो यस बिषयमा समीक्षा हुन जरुरी छ ।

कर्माका ट्रेलर हेर्दा कन्टेन्ट राम्रै देखिएको छ । तर मेकिङको क्यानभास अझै चुस्त र खतरा देखिएको भए सुनमा सुगन्ध हुने थियो । एक हिसावले आफूलाई राम्रो निर्देशक भनेर प्रमाणित गरिसकेका निर्देशक सौरभ चौधरी राम्रा फिल्म बनाउँने निर्देशकमा गनिन्छन । उनले यो कुरा अगस्त्यबाट प्रमाणित गरिसकेका छन ।

तर जसरी एक्सन प्रधान भनेर कर्माको चर्चा गरिएको थियो ट्रेलर हेर्दा त्यो मामलामा भंयकर चाँहि ननिस्किएकै पक्कै हो । नेपालमा सिस्टमले नथिचिएको मानिस को होला र ? प्रत्यक्ष र अप्रत्यक्ष रुपमा  कोही न कोही कहि न कतैबाट थिचिएकै छन, पेलिएकै छन । उदाहरणका रुपमा जनताको ठूलो साथ रहदा रहदै पनि रवि लामिछाने र बालेन साह जस्ता व्यक्तित्व त नेपालको सिस्टमबाट थिचिनु परेको जगजाहेर छ । तसर्थ यहि मर्ममा रहेर बनाइएको कर्मा पक्कै राम्रो होला भन्ने विश्वास छ ।  सवै कलाकारहरुले प्रशंसनीय काम गरेको देखिन्छ । डाईलग पनि कथा अनुसार सुहाउँदो देखिएको छ । ईमोश्नल पक्ष पनि छ । रिभेन्ज पनि छ ।  तसर्थ न्यूज फिल्मीको नजरमा निर्देशक चौधरी नयाँ निर्देशकहरुको भिडमा स्याउको विउ जस्तै हुन । सम्भावनाका प्रचुर धनी । एक दिन स्याउको विउले माटो छिचोलेर रुख बनेर फेरी हजारौ स्याउ फलाउन सक्ने तागत राख्दछ भने जस्तै चौधरीमा त्यस्तो क्षमता छ । 

कन्टेन्ट हेर्दा फिल्म पक्कै राम्रो बनेको अनुमान छ । तर टिजर निस्किदा जसरी सौरभले प्रतिक्रिया प्राप्त गरेका थिए शायद साथीभाईहरुको अनेकन प्रतिक्रियाबाट रन्थनिएर उनले ट्रेलर मेकिङमा आफ्नो मात्र आईडिया भर्न पाएनन कि जस्तो छ ।  तसर्थ क्यानभासको मामलामा केही कमजोर देखिएतापनि कन्टेन्टको मामलामा कर्मा राम्रै छ भन्ने हाम्रो विश्वास खेर नजाओस । कहिले काही राम्रो फिल्मको नराम्रो कन्टेन्ट पनि आउँछन । बजारमा राम्रो ट्रेलर निस्किएका फिल्महरु हल पुग्दा निकै कमजोर भएर गालीको बर्षा आएका सयौ उदाहरण छन । 

बजारमा नयाँ कुराको भाउ सधै हुन्छ । यो बजारको नियम नै हो । त्यसैले कर्मामा भर्षटायल अभिनयका राजा विपिन कार्कीको नयाँ शैलीको प्रस्तुती पनि देखिएको छ । कर्माले चैत्र २९ आएसँगै केही न केही भाउ पक्कै बनाउँने छ त्यसैले भ्यूजको संख्याले हतोत्साही नभई फिल्मको फिनिसिङमा ध्यान दिएमा पक्कै पनि नयाँ बर्ष २०८२ कर्मा यूनिटका लागि सुखद हुने छ ।