काठमाडौँ । लोकप्रिय गायक सुशान्त केसीले पहिलो पटक नेपाली फिल्मका लागि गाएको गीत ‘पागल ’ सार्वजनिक भएको छ।
चैत्र २९ गते प्रदर्शन हुने फिल्म कर्मा को लागि तयार गरिएको ओ.एस.टी (Original Sound Track) भर्सन उनको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीतको भिडियोमा सुशान्त केसीको लिपसिङ देख्न सकिन्छ, जसलाई फिल्मका विभिन्न दृश्यहरूको मोन्टाजले साथ दिएको छ। तर, कलाकारहरुको लिपसिङ भने छैन ।
केही फिल्महरूमा ओ.एस.टी लाई फिल्मकै दृश्यहरूसँग समायोजन गरेर प्रस्तुत गरिन्छ, जसमा कलाकारहरू लिपसिङ गरिरहेको देख्न सकिन्छ तर, धेरैजसो ओ.एस.टी भर्सनमा फिल्मका मोन्टाज शटहरू मात्र प्रयोग गरिन्छ, जसले गीतको भाव व्यक्त गर्छ तर कलाकारले प्रत्यक्ष लिपसिङ गरेका हुँदैनन्। ओएसटी भन्नाले कुनै फिल्म वा सिरिजका लागि बनाइएको आधिकारिक गीत वा संगीत हो। तसर्थ यो गीत सुशान्तको च्यानलबाट रिलिज भएतापनि कर्मा फिल्मका लागि उनले गाएको आधिकारिक गीत हो ।
सुशान्तकै लिरिक्स रहेको ओ म पागल पागल जस्तै, तिमिलाई देखेपछि यो पागलपनको औषधी कोल्लाई सोधु म खै ? सवै भन्दा राम्रो हुक लाईन बनेको छ । गीत सुन्दा मिठो , क्याच्चि र स्ट्रोङ छ । सिधा भन्नू पर्दा समग्र गीतको यहि लाईन मात्र दामी छ अन्य लाईन चाँहि याद गर्न गाह्रो छ । सुशान्तको बल्कबष्टर गीत बार्दलीको जस्तो सवै लाईन स्ट्रोङ चाँहि छैन ।
यध्यपी ओ म पागल पागल जस्तै, तिमिलाई देखेपछि यो पागलपनको औषधी कोल्लाई सोधु म खै ? ले नै गीतलाई बजारमा हिट बनाउँन सक्छ । पूरा गीतका लाईन याद भईरहन पर्छ जस्तो लाग्दैन । हेर्नुस गीत
News Filmy Newsportal / Nepal