काठमाण्डौँ । आउँदो शुक्रबार देखि देखि प्रर्दशनमा आउँन लागेको प्रकाश सपुतको बहुचर्चित फिल्म बसन्तको नयाँ गीतले लोकप्रियता हासिल गर्न थालेको छ ।
आईतबार साँझ रिलिज भएको गीतमा दर्शकले राम्रो प्रतिक्रिया दिईरहेका छन । गीतका विभिन्न टुक्रामा टिकटक क्लिप पनि बनिरहेको छ । रोमान्टिक नम्बरको गीतमा प्रकाश लभर व्यायको रुपमा देखिएका छन । उनी अनमोल केसी, प्रदीप खड्का, पल शाह जस्तै गरी लभर व्यायको भूमिकामा देखिएका छन ।
कतिपयले स्वस्तिमा जस्ती राम्री हिरोइनका अघि प्रकाशलाई लभर व्याय नसुहाएको हो कि भनेर प्रश्न पनि गर्लान तर बुझ्नु पर्ने कुरा के छ भने दयाहाङ राई, दीपकराज गिरी, जीतु नेपाल, निश्चल बस्नेतहरुलाई रोमान्टिक बनेको सुहाउँछ भने प्रकाशलाई किन नसुहाउने ? विस्तारै बानी पर्छ । यहाँ व्यक्ति हैन सृजनाको जीत हुनुपर्छ ।

संसारकै उदाहरणलाई हेर्दा हुन्छ । कन्भेन्सली एट्राक्टिभ पर्सनालिटी भएका अधिकाँश महिलाहरुले अनएट्राक्टिभ पुरुषसँग माया साटेका छन । सम्बन्ध जोडेका छन र विवाह पनि गरेका छन भने झै यो रोमान्टिक नम्बरको गीतमा स्वस्तिमासँग प्रकाशको जोडी म्याच नभएको हो कि जस्तो मात्र लागेको हो विस्तारै दर्शकको आँखाले त्यसलाई स्विकार्छ । जसरी दयाहाङ, दीपकराज गिरी, जीतु नेपाल र निश्चल बस्नेतहरुलाई दर्शकले स्वीकारे । तसर्थ कमेन्ट गर्नु अघि कुनै पनि सृजना भित्रको पात्रले देखेको सपना के कस्तो होला भनेर बुझ्न पनि पर्ने हुन्छ । र प्रस्तुतीलाई पनि बुझ्नु पर्ने हुन्छ । तसर्थ कमेन्ट गर्नु अघि कुनै पनि सृजना भित्रको पात्रले देखेको सपना र प्रस्तुतीलाई पनि बुझ्नु पर्ने हुन्छ ।
हिन्दु, मुस्लिम र ईशाई तिनै धर्मलाई समिश्रण गर्दै प्रकाशले बनाएको नयाँ गीतका सवै लाईन उत्कृष्ट छन । भिजुअल पनि त्यही अनुसार सेट गरिएको छ । पृष्ठभूमिमा सुनिएका सुगम पोखरेल र समीक्षा अधिकारीको भ्वाईस सुन्दर छ । मुख्यत अन्त्यानुप्राश मिलेका सरल शब्द र गायननै यो गीतको सवै भन्दा शक्तिशाली पक्ष हो ।
गीतका प्रत्येक हरफ उत्कृष्ट छन । शब्दहरु सजिलै याद गर्न सकिने छन । गाउँन पनि सजिलो याद गर्न पनि सजिलो । जुन जनरामा गीत निर्माण भएको छ त्यसमा बेष्ट छ गीत । रोम्यान्टिक तथा सौम्य धुन मन पराउनेका लागि यो मनपर्ने गीत बन्न सक्छ । हेर्नुस गीत
News Filmy Newsportal / Nepal