रजतपटमा हंगामा मच्चाएको जुना माघ २५ गते देखि लाग्ने

काठमाण्डौँ । गएको २०८० साउन ४ गते बिहिबार साँझ प्रकाश सुवेदीको फिल्मी कार्यक्रम रजतपटको एक रिपोर्टमा निकै हंगामा मच्चाएको फिल्म जुना आगामी माघ २५ गते देखि प्रर्दशनमा आउँने भएको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचक लगायतलाई देखाउँदै विभिन्न स्कूलहरुमा गरिएको स्पेशल स्क्रिनिङ पश्चात यो फिल्मको थिएर्टिकल रिलिज माघ २५ लाई तय गरिएको हो ।

बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको जुनामा त्यस्ता मार्मिक सिनहरु राखिएको दावी गरिएको छ जुन सिन हेर्दा स्कुले दर्शक रुदा रुदा मुर्छा समेत परेको भिजुअल रिपोर्ट रजतपटले प्रसारण गरेको थियो । उक्त रिपोर्ट प्रसारण भए लगत्तै वितरकहरुले यो फिल्म रिलिजगर्ने अधिकार आफूलाई दिनु पर्ने भन्दै निर्देशक जीवन सेञ्चुरीसँग माग गरेका थिए ।

अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनयमा तयार फिल्मको छायाँकन पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको थियो । बताईए अनुसार मोफसलका लागि छवि ओझाको एफ.डी कम्पनी र राजधानीका लागि करण श्रेष्ठको रिच ईन्टरटेन्मेन्टले जुनाको प्रर्दशन अधिकार लिएको छ ।