काठमाण्डौँ । फिल्म निर्देशनमा समेत होमिएका गायक प्रकाश सपूतले आफ्नो डेब्यू निर्देशन रहेको फिल्म बसन्तको छायाँकन बल्ल सकाएका छन ।
तीन महिना अघि गृहजिल्ला बागलुङबाट छायाँकन सुरु गरेका प्रकाशले बुधबार काठमाण्डौमा अन्तिम सट खिच्दै फिल्मको सुटिङ प्याकअप गरेका हुन । यो तीन महिनाको अवधिमा प्रकाशले विभिन्न चरणमा फिल्मको छायाँकन गरेका थिए तसर्थ सुटिङ सक्न तीन महिना लगाएपनि क्यामेरा रोल भने ३८ दिन मात्र भएको बताईएको छ ।
आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्मको सुटिङ तराईका विभिन्न जिल्लामा समेत गरेका यो फिल्ममा प्रकाश सहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायत केही चिर परिचित कलाहरुलाई समेत स्पेशल रोलमा देख्न सकिन्छ ।
News Filmy Newsportal / Nepal