NewsFilmy

Views

राम्रा कृति नराम्रा फिल्म

  • February 21, 2014 9:34 am
  • News FIlmy

अन्तर्राष्ट्रिय फिल्मी जगतमा विभिन्न साहित्यिक कृतिलाई आधार मानेर फिल्म निर्माण गर्ने प्रचलन नयाँ होइन । तर नेपालमा फिल्मसँग नङ र मासुको सम्बन्धको रुपमा व्याख्या गरिने साहित्यिक कृतिहरु भने मुस्किलले एक दर्जन मात्र पर्दामा रुपान्तरित भएका छन् । विषयवस्तुका लागि सधैं विदेशी फिल्मको नक्कल गर्नु भन्दा नेपाली साहित्यका अमर कृतिमाथि क्यामरा चलाए चलचित्र गुणस्तरीय हुन्छ भन्ने भनाई एकातिर छ भने अर्कोतिर साहित्य नै नबुझ्ने जमान सिने क्षेत्रमा छ ।

हिमाल कभर पेजमा करिश्मा /हिरोइन उत्पती र संघर्षको कथा

  • February 12, 2014 8:42 am
  • News FIlmy

अग्रणी वीक्ली म्यागजिन हिमाल खबर पत्रिकामा लामो समय पछि फिल्मी सेलेब्सको कभर स्टोरी छापिएको छ । एक दशक अघि महानायक राजेश हमाल र जल शाह त्यस पश्चात गायिका सुक्मीत गुरुङ र मनीषा कोईराला कभर स्टोरीमा अटाएपछि हिमालको नयाँ संस्करणमा करिश्मा कभर स्टोरीमा छाएकी हुन ।

नायिकाले राउटे बच्चालाई नुहाइधुवाई गरिदिए जति मात्रै हो ?

  • February 8, 2014 6:53 pm
  • News FIlmy

कति चलचित्र पत्रकारले यस्ता महोत्सवहरुको महत्व बुझेर यसलाई आफ्नो सामाजिक दायित्वसँग जोडेर हेरे ? के यो महोत्सव एउटा ब्यावसायिक नेपाली चलचित्रको फस्ट लुक सार्वजनिक गरेजति मात्रै हो ? या एउटी नायिकाले राउटे बच्चालाई नुहाइधुवाई गरिदिए जति मात्रै हो ? या एउटा भारतीय चलचित्रले नेपालमा गरेको व्यापारलाई प्रक्षेपण गरेर नेपाली चलचित्रलाई मनोवैज्ञानिक दवाव सिर्जना गर्ने खालको एड्भोटरियलको विषय जस्तै मात्र हो ? अझ रणवीर कपुरको सिक्सप्याक्स महात्म्य जति पनि हैन यो आयोजना ?

राजेश हमालसंग फिल्म खेल्न करिश्मालाई रोकेको थियो परिवारले

  • January 20, 2014 6:15 pm
  • विजयरत्न तुलाधर

राजेश हमालको लागि सबैभन्दा सुहाउँदो जोडी भनेको करिश्मा मानन्धर सितको जोडी हो भन्नेहरु धेरै छन् । हुन पनि साथी, उपकार, ढुकढुकी देखि लिएर केही महिना अघि मात्र रिलिज भएको फिल्म ‘किन -किन ‘ सम्म राजेश र करिश्मा जोडीले धेरैको मन जितिसकेका छन् । उनीहरु बीचको यो केमिष्ट्रीको अद्भूत छ । तर कुनै बेला एकपटक यस्तो पनि भएको थियो कि करिश्मा मानन्धरलाई उनको परिवारले राजेश हमालसित फिल्म खेल्न बर्जित समेत गरिदिए ।

फिल्म नगरिमा चारित्रिक समस्या ?

  • December 26, 2013 5:01 pm
  • News FIlmy

सुनिश्चित भविष्यको सपना सजाई कयौं युवतीहरु बत्तीमा पुतली होमिए झैं आएका छन् । यो सपनाको विशाल सागरमा डुबेर कति युवती उम्कनै नसक्ने भएका छन् त कति डुब्दै छन् । तर यस गहिराईबाट मोती टिपी फर्कने चाहिँ औलामा गन्न सकिनेजति मात्रै छन् । आमा र श्रीमतीको गहना, घरखेत धितो राख्ने, घरका अन्नपात वा गाईभैसी बेचेर फिल्म बनाउन चाहने निर्माता होस् या दलाली गरी लगानी गर्ने निर्माता होस् चाहे त्यो व्यापारी नै किन नहोस्, सबैको मानसिकता उस्तै छ ।