NewsFilmy

Views

अब रुन छाड स्वेता / तिमीले श्रीमान् त गुमायौ तर गौरव गर्ने धेरै कुरा पायौ

  • August 18, 2014 4:47 pm
  • News FIlmy

जीवन होस् त नायक श्रीकृष्ण श्रेष्ठको जस्तो । बोन क्यान्सर भएका श्रीकृष्ण श्रेष्ठले कसैगरी मृत्युलाई जित्न सक्ने अवस्था थिएन । धेरैले श्रीकृष्णले रोगी भएर पनि विवाह गरेको भन्दै दु:ख मनाउ गरेको सुनियो । सत्य पनि यहि हो । यत्ति हो, यति चाँडै यस्तो घटना घट्ला भन्ने न स्वेताले सोचेकी थिइन्, न श्रीकृष्णले न त हामी जस्ता शुभचिन्तकले नै । तैपनि श्रीकृष्ण स्वेतालाई धेरै कुरा दिए ।

पढ्नुस् लेख : श्रीकृष्णले भनेका थिए

  • August 13, 2014 12:34 pm
  • News FIlmy

• २०५७ साल। चितवनको एउटा इँटा भट्टामा ‘ए मेरो हजुर’को सुटिङ् भइरहेको थियो। चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठ इँटा भट्टामा काम गर्ने मजदुरको भूमिकामा थिए। श्रीकृष्ण श्रेष्ठ भट्टाबाट इँटा उठाउँदै डोकोमा राखिरहेका थिए। ४/५ सय इँटाभएको थुप्रो लड्यो। श्रीकृष्ण श्रेष्ठ इँटाले पुरिए। हतार हतार क्रुले उनको उद्दार गर्‍यो र अस्पताल पुर्‍यायो।

राजेश हमालको विवाह-एउटा स्थायी प्रश्नको विदाइ

  • May 19, 2014 4:15 pm
  • News FIlmy

राजेश हमालले रिलमा अनगिन्ती विवाह गरे । रियल विवाह चाँहि यो पहिलो हो । यसले उनलाई रिलको सेटबाट रियलको सिटमा झार्छ र त्यही कोणबाट सोच्न बाध्य पनि पार्छ । अर्थात्, उनको लागि पनि यतिबेला विवाह के हो ? यो प्रश्न रहेन, विवाह के हैन ? चाँहि अहम् प्रश्न बनेको हुनुपर्छ ? यो आफैंमा एक बहुआयामिक प्रश्न भएकाले उनले पनि त्यही कोण र सोचबाट उत्तर नखोजी धरै छैन ।

सन्दर्भ ‘बुद्ध जयन्ती': बुद्ध बारे भ्रम फैलाउने फिल्महरुको नालिबेली

  • May 14, 2014 6:09 am
  • News FIlmy

कुरा केही समय अगाडिको हो । एउटा हिन्दी फिल्ममा तथागत भगवान बुद्धको जन्म भारतमा भएको हो भन्ने खालको प्रसङ्ग राखिएको कारण नेपालमा यसको ठूलो विरोध भयो । त्यो फिल्मको शिर्षक “चांदनी चोक टु चाइना” हो ।विरोध भएपछि सम्बन्धित पक्षले फिल्मको त्यो अंश हटाउने सहमति गरे । नेपालमा त हटाइयो पनि ।

अनुसन्धान : भारतीय नायिकासँग राजा त्रिभुवनको आशक्ति !

  • April 19, 2014 5:15 am
  • News FIlmy

श्यामा नाम गरेकी एक अभिनेत्रीसँग राजा त्रिभुवनले सम्बन्ध गाँस्न चाहन्थे । फलस्वरूप उनले यसै क्रममा एउटा चलचित्रमा पाँच लाख भा.रू. लगानी गर्न तयार पनि भए (चलचित्रकर्मी नीर शाहको भनाइमा आधारित) । यसको मध्यस्थकर्ताका रूपमा देखिए कोलकातामा सङ्घर्ष गर्दै गरेका दार्जिलिङका युवा डी.बी. परियार ।

बार्षिक समीक्षा : बर्ष ७० क्वालिटी भन्दा क्वान्टिटीकै वर्चश्व

  • April 11, 2014 4:14 am
  • News FIlmy

२०७० का फिल्महरु संख्यात्मक हिसाबले हेर्दा करिब सयको हाराहारीमा प्रदर्शनमा आए । सानो फिल्म उद्योग तर संख्यात्मक हिसाबले हेर्दा निकै ठूलो उद्योगजस्तो देखिने नेपाली फिल्म उद्योगको परिपाटी यसपटक पनि दोहोरियो । भोजपुरीमा डब गरिएका तीन फिल्म सहित ९७ वटा फिल्महरु यसवर्ष प्रदर्शनमा आए । तर दुःखका साथ के भन्नुपर्छ भने यी ९७फिल्महरुबाट उत्कृष्ट दश फिल्मको नाम छान्ने हो भने पनि निकै नै गाह्रो हुन्छ ।

राजेश हमालले कहिले बिहे गर्लान अनि कहिले छोरो होला यत्रो ?

  • March 29, 2014 6:24 pm
  • News FIlmy

उमेरको हिसाव गर्ने हो भने महानायक राजेश हमाल ५० बर्षका भएका छन् । आगामी बर्ष उनी फिल्म ईन्डष्ट्रीमा प्रवेश गरेको ठीक २५ बर्ष पुग्छ । उनी २०४७ सालमा ‘युग देखि युग सम्म ‘ भन्ने फिल्मबाट फिल्म ईन्डष्ट्रीमा प्रवेश गरेका हुन जतिबेला उनको उमेर २६ बर्षको थियो ।

अभिनेत्रीहरुले समेत गम्भिर भएर सोचिदिए हुन्थ्यो कि ?

  • March 18, 2014 8:58 am
  • News FIlmy

नेपाली फिल्ममा हिरोइन बन्न कुनै योग्यता चाहिन्दैन भन्ने मान्यता परिवर्तन आएपछि व्यवहारमा लागु हुन सकेको छैन् । फिल्महरुको वर्गीकरण हुन नसकेको अवस्थामा सबै खालका कलाकारलाई एकै स्थानमा राखेर हेर्दा नेपाली अभिनेत्रीहरु बेलाबेला गसिपका पात्र बनिरहेका छन् ।

त्यो फाटेको मन, मनैले सिउनु है गौरी…

  • March 12, 2014 4:20 pm
  • News FIlmy

चार बर्षको अमेरिका बसाईपछि गौरी मल्ल स्वदेशमै बसोबास गर्ने उद्देश्य सहित नेपाल आउदैछिन् । अमेरिकामा रहेका सम्पूर्ण नेपाली दर्शकहरुको मनमा बस्न सफल गौरीको विदाईमा एक कार्यक्रम समेत न्यूयोर्कमा राखिएको थियो । आमा सिकिस्त भएपछि उनी आज बुधबार रमेश उप्रेतीका साथ अमेरिकाबाट उडिसकेकी छिन् । उनको बिषयमा केन्द्रित रहेर प्रेस चौतारी डटकमका प्रधान सम्पादक प्रशान एलुङ् राईले तयार गरेको यो समय सन्दर्भ विचार पढ्नुहोस् ।

अल विदा शाम्भा तिम्रो सोह्र श्रृंगारलाई अभिवादन ! डा.भट्टराई लेख्छन् : ‘थुप्रै निर्मातासँग शाम्भाले लिनुपर्ने पारिश्रमिक बाँकी थियो’

  • February 24, 2014 6:47 pm
  • News FIlmy

थुप्रै निर्मातासँग शाम्भाले लिनुपर्ने पारिश्रमिक बाँकी थियो । उनले एक दिन करिव पाँच लाख लिनुपर्ने बाँकी बक्यौताको लिष्ट देखाउँदै भनेका थिए ‘ हेर्नुहोस् न सर , यस्ता यस्ता मान्छेले मेरो पारिश्रमिक दिएका छैनन् । म जस्तो गरीवको खाएर कसैलाई पनि भलो हुँदैन सर । ‘ उनको त्यो दुखेसो आज सम्झादा मात्र पनि मेरो मनमा सूलझै गाडिन्छ । म शाम्भाको पारिश्रमिक चुक्ता नगरेर उसको वहीखातामा नाम चढेका निर्माताहरुको सद्वुद्धिको कामना गर्दै बाँकी बक्यौता गरी दिन अनुरोध गर्दछु । त्यसो गर्नुभयो भने मात्र उसको श्रापको भागिदारीबाट मुक्त हुन सकिन्छ । उनले लिनुपर्ने लिष्टमा सबैभन्दा बढी ६० हजार र कममा ५ हजार थियो ।