NewsFilmy

TV Show

क्ल्याप बोर्ड : नयाँ एपिसोड

  • March 25, 2014 6:02 am
  • News FIlmy

साता भरीका फिल्मी गतिविधि, कुन फिल्म कहिले रिलिज हुँदैछन् , कुन फिल्मसंग कसको लडाई ? यो साताको क्ल्यापबोर्डमा राजन घिमिरेले तयार गरेको प्रोफेश्नल रिपोर्टहरु हेर्नुहोस् । साथमा तपाईले हेर्न सक्नुहुनेछ ‘मुटु’ फिल्मका लागि गायक राजेश पायल राईद्धारा गीत रेकर्डिङ गरिएको रिपोर्ट पनि ।

भिनाजु बिजय लामाको नजरमा आलोक नेम्वाङ किन जोगी ?

  • March 18, 2014 7:41 pm
  • News FIlmy

७ सय को हाराहारीमा म्यूजिक भिडियो निर्देशन गरिसकेका आलोक नेम्वाङ हालको समय ‘अझै पनि’ शिर्षकमा तेश्रो नम्बरको फिल्म निर्देशनको तयारीमा छन् । झण्डै पाँच बर्षको अन्तरालमा फिल्म निर्देशनमा फर्किने तयारीमा रहेका उनले टि.टिभी टक शोमा अमन प्रताप अधिकारीसंग रमाईलो कुराकानी गरेका छन् । कुराकानीलाई थप रमाईलो बनाउन अभिनेता समेत रहेका उनका भिनाजु बिजय लामाले आलोकलाई जोगी भनेर म्यासेज छाडेका छन् ।

क्ल्याप बोर्ड : बीर समशेर र शाहजादीको चिना किन मिलेन ?

  • March 16, 2014 10:29 am
  • News FIlmy

यो साता प्रसारित कार्यक्रम क्ल्याप बोर्डमा तपाईले ‘अधकट्टी’ र ‘जन्मभूमी’ को शुभमुर्हत समारोहका झलक हेर्न सक्नु हुनेछ भने एतिहासिक कृति माथी छायाकंनरत फिल्म ‘सेतो बाघ’को सुटिङ रिपोर्ट हेर्न सक्नुहुनेछ । साथमा मनोरञ्जन गतिविधि भित्र रिलिजको तयारीमा रहेका फिल्मका बारेमा जानकारी सहित चलिरहेका गीतहरुबाट समेत मनोरञ्जन लिन सक्नुहुनेछ । हेर्नहोस कार्यक्रम

हाष्य सम्राज्ञी बसुन्धरा भुषाल कति महान ?

  • March 11, 2014 5:49 am
  • News FIlmy

हाष्य सम्राज्ञी बसुन्धरा भुषाल मनकी कस्ती छिन् ? उनको स्वभाव र बिचारहरु कस्ता छन ? टि.टिभी टक शोमा नरेश भट्टराईसंगको कुराकानीमा फिल्म क्षेत्रमा गर्नु पर्ने आफ्ना सपनाहरुको बारेमा उनले बोलेकी छिन् । साथमा उनले नेपालको पहिलो निर्देशक को हो भन्ने बिषयमा विवाद चलिरहेका बेला हिरा सिंह खत्री पहिलो निर्देशक हो भनी दाबी गरेकी छिन् । हेर्नुस कार्यक्रम टि.टिभी टक शोमा बसुको ईन्टरभ्यू ।

क्ल्याप बोर्ड : सञ्चार मन्त्री भन्छन् ‘बोर्डमा के गर्छु हेर्दै जानुस न’

  • March 9, 2014 3:57 am
  • News FIlmy

नव नियुक्त सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले सञ्चार मन्त्रालयको कुर्सी सम्हाल्न नपाउदै चलचित्र बिकास बोर्डको भ्रमण गरेका छन् । उनले बोर्ड भ्रमणका क्रममा भनेका छन् ‘के गर्छु हेर्दै जानुस न ।’ साथामा हप्ता भरिका मनोरञ्जन गतिविधिलाई क्ल्याप बोर्डमा राजन घिमिरेले समेटेका छन् । हेर्नुस कार्यक्रम ।

टिभी ईन्टरभ्यू : स्वीट हार्ट प्रियंका कार्की बोल्नमा कति प्रखर ?

  • March 6, 2014 5:26 am
  • News FIlmy

नयाँ पुष्ताका हिरोइनहरुमा ईन्टरभ्यू दिन जान्नेहरुको लिष्ट निकाल्ने हो भने निशा अधिकारी, बिनिता बराल, केकी अधिकारी, रिमा विश्वकर्मा र प्रियंका कार्की अग्रपंक्तिमा आउछन् ।

पछिल्लो समय सर्वाधिक ब्यस्त हिरोइनको ट्याग भिरेकी स्वीट हार्ट प्रियंकाको ब्यस्तता बढेसंगै सफलता पनि देखिन थालेको छ । उनले खेलेको पछिल्लो फिल्म ‘झोले’ले सफलताको ट्याग भिरिसकेको अवस्था छ भने पहिलो फिल्म ‘मेरो बेष्ट फ्रेण्ड ‘ पनि अन्तत रिलिज मैदानमा आईसकेको छ । बैशाखमा ‘मेरो बेष्ट फ्रेण्ड’ रिलिज अघि चैत्र २८मा नाईँ न भन्नु ल २ पनि रिलिज हुँदैछ उनको ।

हेर्नुहोस् : यो साता प्रशारित फिल्मी कार्यक्रम क्ल्याप बोर्ड

  • March 2, 2014 4:05 pm
  • News FIlmy

यो साता प्रशारित फिल्मी कार्यक्रम क्ल्याप बोर्डमा विदा खान भिड्ने फिल्मका बारेमा रिपोर्ट : विकास आचार्य भन्छन् ‘नाईं न भन्नु ल -२ फरक प्रस्तुतीमा बनाउने प्रयास गरिएको छ । ‘ गीतकार होमनाथ न्यौपानेको पिडा : फिल्ममा लेखेका गीत मरे भन्छन उनी । साथमा अन्य मनोरञ्जन गतिविधि । हेर्नुहोस् कार्यक्रम राजन घिमिरेका साथ ।

ISSUE OF THE DAY : कथाले के माग्छ ?

  • February 23, 2014 9:23 am
  • News FIlmy

रेखा थापा भन्छिन् ‘मैले अंग प्रदर्शन गरेको छैन, कथाले के माग्छ यो पत्रकारले बनाएको प्रश्न ।’ निशा अधिकारीको बिचारमा कथालाई मगाईन्छ भने स्क्रिप्ट राईटर दोषी । उनले मायाज बारको आफ्नो गीतलाई आईटम नम्बर भन्न पनि रुचाईनन् । यो साता ईश्यू अफ द् डेमा फेमश मिडिया पर्सन अनुज थापाले हिरोइन द्धय रेखा थापा र निशा अधिकारीसंग ‘कथाले के माग्छ ?’ बिषयमा आफ्नो अन्र्तरवार्ता केन्द्रित गरेका छन् । हेर्नुहोस यो रोचक अन्र्तवार्ता

हेर्नुहोस : क्ल्याप बोर्ड फागुन दश गतेको एपिसोड

  • February 22, 2014 6:39 am
  • News FIlmy

फागुन दश गते बिहान प्रसारण भएको क्ल्याप बोर्डमा यो हप्ता रिलिज भएका दुई फिल्मको रिपोर्ट । नयाँ कलाकार श्याम के.सी.को बौद्धिकता : ‘नायक हैन राम्रो कलाकार बन्न चाहान्छु ।’ साथमा अत्यन्त चर्चा बटुल्न सफल भईरहेको फिल्म नाईं न भन्नु ल -२ तथा आधी बाटो र तोरी लाहुरे माथिको रिपोर्ट सहित मनोरञ्जनका अन्य जानकारी पनि । हेर्नुहोस कार्यक्रम

‘The 35 MM’ : अंग प्रदर्शन हैन अनुहार प्रदर्शन गर हिरोइन

  • February 19, 2014 6:12 am
  • News FIlmy

अभिनयमा ध्यान छैन् तर फोटो सुटको मामलामा उदाउदै गरेका केही हिरोइनले हलिउड र बलिउडका मोडलहरुलाई भेटिसकेका छन् । यो भेटाई पब्लिसीटी स्टण्डका लागि हो वा कारण अरुनै छ ? भिजे सरोज के.सी.ले कार्यक्रम The 35 MM मा यो मुद्धा उठाएका छन् यस पटक । हेर्नुहोस कार्यक्रम