NewsFilmy

TV Show

लौ ! क्ल्याप बोर्डसंगको कुराकानीमा रेखाले यस्तो भनिन्

  • June 7, 2014 5:01 am
  • News FIlmy

आज बिहान अनएयर भएको कार्यक्रम क्ल्याप बोर्डमा रेखा थापाको विशेष कुराकानीलाई तपाई हेर्न सक्नुहुनेछ । फूलपाती देखि प्रदर्शनमा आउने तयारीमा रहेको रेखा निर्देशित पहिलो फिल्म ‘हिम्मतवाली’ प्रदर्शनका क्रममा रहेका बेला उनले विभिन्न कुरा भनेकी छिन् । हेर्नुस् साता भरिका मनोरञ्जन गतिविधि सहित क्ल्याप बोर्डमा रेखाको अन्र्तवार्ता ।

क्ल्याप बोर्ड नयाँ एपिसोड

  • June 3, 2014 5:02 am
  • News FIlmy

शनिबार प्रसारित कार्यक्रम क्ल्याप बोर्ड भित्र तपाई हेर्न सक्नुहुनेछ ‘अझै पनि’ फिल्मको सुटिङ रिपोर्ट । साथमा स्टुपिड मनको फष्टलुक समारोह। त्यस बाहेक रिलिज हुने फिल्महरुको बारेमा जानकारी । हेर्नुस् क्ल्याप बोर्ड राजन घिमिरेका साथ ।

क्ल्याप बोर्ड : अर्पण थापाको प्रयास कस्तो ?

  • May 26, 2014 3:25 am
  • News FIlmy

यो साताको क्ल्याप बोर्डमा तपाईले जेष्ठ ३० गते देखि रिलिज हुने मुखौटा फिल्मका निर्माता र निर्देशक संगको सानो अन्र्तवार्तालाई हेर्न सक्नु हुने छ । अन्र्तवार्तामा निर्देशक अर्पण थापाले फिल्म बनाउदाको आफ्नो प्रयाशको बारेमा बोलेका छन् ।साथमा साता भरिका मनोरञ्जन गतिविधि त छदैछन् । हेर्नुस् साताको एपिसोड कार्यक्रम क्ल्याप बोर्ड ।

हेर्न नभूल्नुस् रजतपटमा राजेश हमालको विवाह विशेष ईन्टरभ्यू

  • May 21, 2014 8:25 pm
  • News FIlmy

जेठ १० वा ११ को मिति मध्ये कुनै एक मितिमा विवाह बन्धनमा बाधिसक्ने महानायक राजेश हमालको विवाह विशेष ईन्टरभ्यूलाई रजतपटले सार्वजनिक गरेको छ । विवाह केन्द्रित यो ईन्टरभ्यूमा हमालले प्रेमिका मधु भट्टराईसंगको सुरुवाती यात्रा देखि लिएर आजको मिति सम्मको सम्पूर्ण अनुभव खोलेका छन् । कार्यक्रम सञ्चालक एवं निर्देशक प्रकाश सुवेदीसंगको यो विवाह विशेष कुराकानीमा हमालको धेरै कुराहरु बौद्धिकताका साथ खोलेका छन् ।

क्ल्याप बोर्ड :  शुष्मालाई खाँचो भयो के कुराको ?

  • May 21, 2014 3:59 am
  • News FIlmy

यो साता प्रसारित कार्यक्रम क्ल्याप बोर्डमा मनोरञ्जनका विविध जानकारी तपाईले हेर्न सक्नु हुनेछ । कार्यक्रमको सुरुवातसंगै महानायक राजेश हमालले गर्लफ्रेण्डलाई गरेको प्रपोज फुटेज, एउटा साथीको सुटिङ रिपोर्टका साथमा पीपल फिल्मकी अभिनत्री शुष्मा अधिकारीको छोटो भनाई पनि तपाईले हेर्न सक्नुहुनेछ । पीपलबाट हिरोइन भएकी उनले आफूलाई केही कुराको खाँचो भएको भनी बोलेकी छिन् । हेर्नुस् कार्यक्रम क्ल्याप बोर्ड ।

क्ल्याप बोर्ड : ‘सक्छस् भने छातिमा हान न’

  • May 13, 2014 8:56 am
  • News FIlmy

यो साताको क्ल्याप बोर्डमा दमदार फिल्मको ब्यवसायिक चर्चा, मुखौटा, हँसिया र शिशा फिल्मको प्रेस मिट रिपोर्ट साथमा ‘फन्को’ फिल्मको मुहूर्त झलक एवं रिलिज हुन लागेका फिल्महरु ‘मेरो बेष्ट फ्रेण्ड’ लगायतका अन्य फिल्मको ट्रेलर सहित कलाकार उमा बेबीको छोटो अन्र्तवातालाई तपाई हेर्न सक्नु हुन्छ ।

क्ल्याप बोर्ड : ठूलो भएपछि पनि हिरो नै बन्ने अनुभवको योजना

  • May 3, 2014 6:29 pm
  • News FIlmy

चार हप्ताको अन्तरालमा पाँच करोडको ग्रस कारोबारमा दौडिएर नयाँ रेकर्ड कायम गरेको नाईँ न भन्नू ल २ का मुख्य कलाकार अनुभव रेग्मीले ठूलो भएपछि पनि हिरोको रुपमा दर्शकमाँझ आउने योजना रहेको बताएका छन् । क्ल्याप बोर्डसंगको कुराकानीमा उनले फिल्मको शीर्ष गीत समेत गाउँदै आफ्ना योजना बताएका हुन ।

क्ल्याप बोर्ड : खेलकुद मन्त्रीले वर्ल्ड कप ईन नेपाल हेर्दा के- के भने ?

  • April 28, 2014 6:07 pm
  • News FIlmy

क्ल्याप बोर्डको नयाँ श्रृङखलामा यस पटक खेलकुद मन्त्री पनि अटाएका छन् । मन्त्री पुरुषोत्तम पौडेल संविधानसभाको बैठक छाडी वर्ल्ड कप ईन नेपाल भन्ने फिल्म हेर्न हलमा देखिएका थिए । आउने शुक्रबार देखि रिलिज हुने वर्ल्ड कप ईन नेपालको रिपोर्ट सहित साता भरिको मनोरञ्जनात्मक रिपोर्टहरुलाई राजन घिमिरेले क्ल्याप बोर्डमा समेटेका छन् ।

क्ल्याप बोर्डमा हेर्नुस विश्व साइकल यात्रीले यसरी खेले फिल्म

  • April 24, 2014 5:39 am
  • News FIlmy

चर्चित विश्व साइकल यात्री पुस्कर शाहले ‘साइकल’ भन्ने फिल्ममा अभिनय गरेका छन् । कथा अनुसारनै उनको आवश्यक्ता परेपछि उनी साइकलमा अनुबन्ध भएका हुन ।छायाकंनरत यस फिल्ममा हर्षिका श्रेष्ठ र विक्की मल्ल मुख्य भूमिकामा छन् । साताको एपिसोडमा क्ल्याप बोर्डले साइकलको रिपोर्ट तयार गरेको छ ।

गरिमा ग्ल्यामर कस्तो ? क्ल्याप बोर्ड भित्र यस्तो !

  • April 17, 2014 8:40 am
  • News FIlmy

झोलामा सतीको भूमिकामा देखिएकी सोझी गरिमा अब ग्ल्यामर गरिमा भएर नयाँ फिल्ममा देखिदैछिन् । ‘ठूली’ फिल्मको सुटिङमा आईटम नम्बरको गीत गरिरहदा क्ल्याप बोर्डले ती दृश्य कैद गर्न भ्याएको थियो । हेर्नुस कार्यक्रम क्ल्याप बोर्डमा गरिमा ग्ल्यामर साथमा अन्य मनोरञ्जन गतिविधि पनि ।