NewsFilmy

TV Show

हेर्नुस् श्रीकृष्ण श्रेष्ठको अन्तिम टिभी ईन्टरभ्यू

  • August 10, 2014 10:16 am
  • News FIlmy

विवाह पूर्वको ठीक २५ दिन अघि बिजय लामाले लिएको टेलिभिजन अन्र्तवार्तामा श्रीकृष्ण श्रेष्ठ निकै हर्षित देखिन्थे । ईमेज च्यानलका लागि लिएको उक्त ईन्टरभ्यूमा उनलाई सुख्खा खोकीले सताएको चाहि प्रष्टै देखिएको थियो । हासी खुशी पहिलो पटक सार्वजनिक रुपले आफूहरु प्रेमि प्रेमिका रहेको स्वीकार्दै श्री उक्त ईन्टरभ्यूमा पुरै खुलेका पनि थिए ।

क्ल्याप बोर्ड साताको एपिसोड

  • July 22, 2014 6:06 pm
  • News FIlmy

यो साताको क्ल्याप बोर्डमा तपाईले मनोरञ्जन गतिविधिका विभिन्न सामग्रीका साथ केही फिल्मी रिपोर्टलाई पनि हेर्न सक्नु हुनेछ । रिपोर्टमा राष्ट्रिय चलचित्र नीति निर्माण माथिको छलफल, ठूली फिल्मको केही जानकारीका साथमा दमदार फिल्म निर्माण गरेका निर्माताको फिल्म प्रदर्शनका लागि गरिएको विश्व भ्रमण तयारीका साथमा यूरोपमा हुन लागेको IAF अवार्ड सम्बन्धी जानकारी छन् ।

टफटकमा मदनकृष्णको यस्तो मिठो ईन्टरभ्यू

  • July 15, 2014 8:04 am
  • News FIlmy

विरामी शरिरलाई पनि हासेरै उपचार गराउन सफल मदनकृष्ण श्रेष्ठले दिलभूषण पाठकसंग मिठो कुराकानी गरेका छन् । आफूलाई हात खुट्टा नचल्ने रोग (पार्किन्सन) कहिले देखि थियो लगायत विभिन्न प्रश्नहरुमा खुलेर कुरा गरेका छन् मदनकृष्णले ।

क्ल्याप बोर्ड : पुरा हुने भो दीपक रायमाझीको सपना

  • July 15, 2014 5:07 am
  • News FIlmy

स्वर्गीय निर्देशक दीपक रायमाझीको एउटा अधुरो सपना पुरा हुने भएको छ । चार बर्ष अघि रायमाझीले डेष्टीनेशन काठमाण्डू बनाउने भनेर प्रोजेक्ट घोषणा गरेका थिए तर विडम्बना निधन भएपछि रायमाझीको उक्त प्रोजेक्ट त्यसै रोकिएको थियो ।

क्ल्याप बोर्ड :  अनुभवहरु बोकेर कहाँ जाने गोविन्द राई ?

  • July 6, 2014 6:08 pm
  • News FIlmy

सयौ फिल्महरुमा उत्कृष्ट नृत्य निर्देशन गरिसकेका गोविन्द राईले निर्देशन गरेको पहिलो फिल्म आउने हप्तादेखि रिलिज हुँदैछ । नागबेली शिर्षकको उनको फिल्ममा युवाहरुको कथालाई मुल बिषय बनाईएको छ । विशेषत : गोविन्दको पहिलो फिल्म निर्देशन र फिल्म नगरीमा निकै प्रखर समीक्षक कहलाएका दीपेन्द्र लामाको पनि पहिलो स्क्रिप्ट भएका कारण नागबेली प्रतिक्षित फिल्मको लिष्टमा पर्न सफल भएको छ ।

क्ल्याप बोर्ड नयाँ एपिसोड

  • June 29, 2014 11:17 am
  • News FIlmy

शनिबार प्रसारण भएको कार्यक्रम क्ल्याप बोर्ड युट्यूवमा आएको छ । साताको क्ल्याप बोर्डमा गोरे फिल्मको सुटिङ रिपोर्टका साथ कालको शुभमुर्हत झलक सहित अनौठौ प्रेम कथाको प्रोमेश्नल रिपोर्ट र मनोरञ्जनका विविध गतिविलाई तपाईले हेर्न पाउनुहुनेछ ।

क्ल्याप बोर्ड : रेखा थापाको फिल्ममा यसरी भएका हुन सुदर्शन हिरो

  • June 24, 2014 3:02 am
  • News FIlmy

दुवै हात नभएका सुदर्शन गौतम यो समय हिम्मतवाली फिल्म खेलेर अर्को चर्चा बटुलिरहेका छन् । सफल प्रोड्यूसरका रुपमा गनिसकेकी अभिनेत्री रेखा थापाको फिल्ममा सुदर्शन एक मुख्य अभिनेताको रुपमा देखिएका छन् । दुवै हात नभएर पनि रेखाले सुदर्शनलाई किन हिरो बनाईन त ? क्ल्याप बोर्डले कथा खोलेको छ । हेर्नुस् मनोरञ्जनका विविध गतिविधि सहित साताको क्ल्याप बोर्ड ।

क्ल्याप बोर्ड भन्छ: ‘तीजमा आउने भो ठूली’

  • June 15, 2014 4:00 pm
  • News FIlmy

यो साताको क्ल्याप बोर्डमा तपाईले ठूली फिल्मको पोष्टप्रोडक्सन रिपोर्ट सहित रिलिज तयारीमा रहेका फिल्महरुको सम्पूर्ण जानकारी पाउन सक्नुहुनेछ ।साथमा केही नयाँ फिल्मका गीत, ट्रेलर र शुभ मुर्हुत रिपोर्ट पनि तपाईले हेर्न सक्नुहुनेछ ।

लौ ! क्ल्याप बोर्डसंगको कुराकानीमा रेखाले यस्तो भनिन्

  • June 7, 2014 5:01 am
  • News FIlmy

आज बिहान अनएयर भएको कार्यक्रम क्ल्याप बोर्डमा रेखा थापाको विशेष कुराकानीलाई तपाई हेर्न सक्नुहुनेछ । फूलपाती देखि प्रदर्शनमा आउने तयारीमा रहेको रेखा निर्देशित पहिलो फिल्म ‘हिम्मतवाली’ प्रदर्शनका क्रममा रहेका बेला उनले विभिन्न कुरा भनेकी छिन् । हेर्नुस् साता भरिका मनोरञ्जन गतिविधि सहित क्ल्याप बोर्डमा रेखाको अन्र्तवार्ता ।

क्ल्याप बोर्ड नयाँ एपिसोड

  • June 3, 2014 5:02 am
  • News FIlmy

शनिबार प्रसारित कार्यक्रम क्ल्याप बोर्ड भित्र तपाई हेर्न सक्नुहुनेछ ‘अझै पनि’ फिल्मको सुटिङ रिपोर्ट । साथमा स्टुपिड मनको फष्टलुक समारोह। त्यस बाहेक रिलिज हुने फिल्महरुको बारेमा जानकारी । हेर्नुस् क्ल्याप बोर्ड राजन घिमिरेका साथ ।