Nepali

भिनाजु बिजय लामाको नजरमा आलोक नेम्वाङ किन जोगी ?

  • March 18, 2014 7:41 pm
  • News FIlmy

७ सय को हाराहारीमा म्यूजिक भिडियो निर्देशन गरिसकेका आलोक नेम्वाङ हालको समय ‘अझै पनि’ शिर्षकमा तेश्रो नम्बरको फिल्म निर्देशनको तयारीमा छन् । झण्डै पाँच बर्षको अन्तरालमा फिल्म निर्देशनमा फर्किने तयारीमा रहेका उनले टि.टिभी टक शोमा अमन प्रताप अधिकारीसंग रमाईलो कुराकानी गरेका छन् । कुराकानीलाई थप रमाईलो बनाउन अभिनेता समेत रहेका उनका भिनाजु बिजय लामाले आलोकलाई जोगी भनेर म्यासेज छाडेका छन् ।

नोभेम्बर रेन ट्रेलर : आर्यनलाई कहिलै निको नहुने रोग !

  • March 18, 2014 11:30 am
  • News FIlmy

चैत्र १४को डेटबाट पोष्टपोण्ड भएर बैशाख १२ को मितिमा धकेलिएको ‘नोभेम्बर रेन’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । आर्यन सिग्देल नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ मुख्य भूमिकामा रहेको यो फिल्म पूर्ण रुपमा लभस्टोरी जेनरको हो । सार्वजनिक ट्रेलरमा आर्यन सिग्देललाई कहिलै निको नहुने रोग लागेका रहष्य खोलिएको छ । हेर्नुस ट्रेलर

छविराज प्रोडक्सनले ‘ हवल्दार सुन्तली’ बनाउने

  • March 18, 2014 10:54 am
  • News FIlmy

रेखा थापासंग व्यवसायिक सम्बन्ध सुधार भएमा सम्भवत रेखा नभए शिल्पा पोखरेल र शिल्पामा पनि सहमती नजुटे नयाँ हिरोइनलाई डेब्यू गराउदै छविराज प्रोडक्सनले ‘ हवल्दार सुन्तली ‘ बनाउने निर्णय गरेको छ । प्राप्त खबर अनुसार एक्सन श्रेणीको यो फिल्म आउने बर्षको दोश्रो महिना देखि फ्लोरमा जाने छ । फिल्मको टाईटल दर्ताका लागि चलचित्र विकास बोर्डमा निवेदन समेत पुगिसकेको छ ।

अभिनेत्रीहरुले समेत गम्भिर भएर सोचिदिए हुन्थ्यो कि ?

  • March 18, 2014 8:58 am
  • News FIlmy

नेपाली फिल्ममा हिरोइन बन्न कुनै योग्यता चाहिन्दैन भन्ने मान्यता परिवर्तन आएपछि व्यवहारमा लागु हुन सकेको छैन् । फिल्महरुको वर्गीकरण हुन नसकेको अवस्थामा सबै खालका कलाकारलाई एकै स्थानमा राखेर हेर्दा नेपाली अभिनेत्रीहरु बेलाबेला गसिपका पात्र बनिरहेका छन् ।

विवादका श्रृङखला बढ्दै गए

  • March 18, 2014 5:45 am
  • News FIlmy

यस पटक घटना उल्टो तरिकाले घटेको छ । विवाद सृजना हुदा कलाकार र निर्देशकले फिल्म छाडिरहेका खबर बाहिरिरहेका बेला आज भने एक फिल्मका मुख्य प्रोड्यूसरनै आउट भएको खबर हामी सार्वजनिक गर्दैछौ । लक्ष्मण सुवेदीलाई लिएर ‘एउटा साथी’ निर्माण गरेका निर्देशक शोभित बस्नेतले फिल्मलाई पुरा गर्न नसकेपछि उनलाई को प्रोड्यूसर सहित निर्देशक एवं कलाकारको टिमले निस्कासन गरेको हो ।

फिटकिरी ओ.एस.टी : नेता विरुद्ध कडा आक्रोस (हेर्नुस भिडियो)

  • March 17, 2014 5:49 pm
  • News FIlmy

नेताहरु विरुद्ध कडा शब्द प्रयोग गरिएको फिटकिरी फिल्मको ओ.एस.टी (ओर्जिनल साउन्ड ट्रयाक) बाहिरिएको छ । फिल्मको सफलतालाई हेर्ने हो भने यस प्रकारका प्रोमोश्नल सामग्री महिनौ अघि रिलिज हुनुपर्नेे हो तर रिलिजको तीन दिन अघि मात्र सार्वजनिक फिटकिरी ओ.एस.टीमा आन्दोलनका समय जनताबाट प्राप्त हुन असन्तुष्टीका शब्दहरु प्रयोग गरिएको छ ।चर्चित नाट्यकर्मी एवं निर्देशक अनुप बराल निर्देशित फिटकिरी आउदो शुक्रबार देखि रिलिज हुँदैछ । सार्वजनिक ओ.एस.टीलाई भुपेन्द्र खड्का को शब्दमा गिरिस खतिवडा र यमन खानले तयार गरेका हुन् ।

हराई रहेको प्लेन जस्तो श्याम रेखा कहाँनी

  • March 17, 2014 10:06 am
  • News FIlmy

निर्देशक श्याम भट्टराईको उजुरी सम्बन्धमा बसेको निर्देशक समाजको आजको बैठकले विवादको अध्ययन गर्न न्यायिक समितिलाई जिम्मेवारी दिएको छ । सुचित्रा श्रेष्ठको नेतृत्वमा रहेको न्यायिक समितिले तीन दिन भित्र घटनाबारे तथ्यगत अध्ययन गर्दै यथेष्ट धारणा सार्वजनिक गर्ने निर्णय भएको न्यायिक समितिका सदस्य समेत रहेका कोषाध्यक्ष सुमन दाहालले जानकारी दिएका छन् । समितिमा उनी सहित योगेश घिमिरे, ऋषि लामिछाने र गोपाल चन्द्र लामिछाने छन् ।

रेखाले अन्याय गरेको भन्दै श्याम भट्टराईद्धारा उजुरी

  • March 17, 2014 5:08 am
  • News FIlmy

‘हिम्मतवाली’ फिल्मको ३५ प्रतिशत छायाकंन सकिएपछि आफूलाई निकालिएको प्रसंगमा निर्देशक श्याम भट्टराईले रेखा विरुद्ध निर्देशक समाजमा उजुरी दर्ता गराएका छन् ।निर्देशकलाई निर्देशकका हैसियतमा दिन नसकेको सुविधा एवं रेखाद्धारा भएको ब्यबहार अत्यन्त अमर्यादित भएको उल्लेख गर्दै भट्टराईले न्याय पाऊ भन्दै आफ्नो संस्थामा रेखा विरुद्ध उजुरी दर्ता गरेका हुन ।

करिश्माले औँला सोझ्याउदै भनिन् ‘म उसको डाईरेक्टर’

  • March 16, 2014 6:19 pm
  • News FIlmy

रहष्य आधिकारिक रुपमै खुलेको छ । आफ्नै निवासमा आयोजित होली माहोलमा करिश्माले आफू निर्देशक बन्न लागेको रहष्य चुहाएकी हुन् ।
दुई दिन अघि मात्र अमेरिकाबाट नेपाल फर्किएका अभिनेता रमेश उप्रेतीसंग फोटो खिच्ने बेला उनले मिडिया सामुन्ने जोशमा होस गुमाउदै यो रहष्य चुहाएकी हुन् । जव रमेश उप्रेतीलाई अबिरले रंगाइन् तब उनले औला सोझ्याउदै भनिन् ‘म उसको डाईरेक्टर ।’ गत बर्ष नेपाल फर्किएका बेला रमेशले करिश्मालाई निर्देशकको रुपमा डेब्यू गराउने खबर बाहिरिएको थियो । यध्यपी यो बिषयमा मिडियाबाट क्रस कोईश्चन आउदा करिश्मा र रमेश घुमाउरो उत्तर दिन्थे ।

हिरोइनको पिडुला देखि कहाँ सम्म आधी बाटो ?

  • March 16, 2014 3:45 pm
  • News FIlmy

जेनिशा के.सी.ले पहिलो पटक प्रतिष्ठीत मेकरहरुसंग काम गर्ने मौका पाईन त्यसैले हुन सक्छ ‘आधी बाटो ‘ सफलताका लागि पब्लिीसिटीको नयाँ फण्डामा उनी यसरी देखिएकी हुन । ‘हामी तीन भाई’ जस्तो बल्कबष्टर फिल्म बनाएका रमेश त्वयानाको नयाँ फिल्म ‘आधी बाटो’बाट उनी हिट नम्बरकी हिरोइन हुने दाऊमा छिन् त्यसैले उनले ‘आधी बाटो’को सफलतालाई लिएर पब्लिीसिटीका लागि यो नयाँ कदम रोजेको प्रष्टिन्छ । । कुनै समय बिराज भट्टको प्रिय साथी रहेकी उनी यो समय प्रोड्यूसर त्वयानासंगको निकटताको बिषयले पनि गसिप पात्र बनिरहेकी छिन् ।